बझाङ : सुर्मा सुधार यूथ क्लब दर्ता गरी समाज सेवा गरिरहेका युवराज सुर्मेली नेवि संघको संयोजक भएका छन् । आज नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितिले सुर्मेलीलाई सुर्मा गाउँपालिकाको कार्यसमितिको संयोजकको जिम्मेवारी दिएको हो ।
नेपाल विद्यार्थी संघको विधान २०२७ को छैटौँ संशोधन २०५७ बमोजिम युवराजलाई सुर्मा गाउँपालिकाको विद्यार्थी संघको संयोजकमा मनोनयन गरेको छ । सानै उमेर देखी सामाजिक काममा सक्रिय रहेका छन् । सुर्मा सुधार यूथ क्लब मार्फत सामाजिक बेथिति, विकृति, विसङ्गति विरुद्ध आवाज उठाउँदै आएका थिए ।
नेपाल विद्यार्थी संघको विधान र मर्यादा भित्र रहेर गतिशील बनाउने, गाउँ कार्यसमितीलाई थप उचाई गर्ने विश्वासका साथ उनले सपथ ग्रहण गरिसकेका छन् ।
काँधमा थप जिम्मेवारी थपिएपछी निकै खुशी लागेको छ उनले भने, ‘सुरुमा एउटा कार्यसमिति गठन गर्छौं । त्यसपछि पहिला गाउँपालिका भएका नराम्रा गतिविधिलाई निर्मुल पार्न प्रतिबद्ध हुन्छौँ । विद्यार्थीको हकहितको लागी हामी आवाज उठाउने छौँ ।