बझाङ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको सुर्मा गाउँपालिका र साईपाल गाउँपालिका सिमाना अन्तर्गत पर्ने धनसेरी हिमालमा यार्चागुम्बा संकलन गर्नका लागि लेक तिर गएका ५ जना हिउँ पहिरोमा परेका छन् । हिम पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । आईतबार बिहान ९ बजे तिर यार्चागुम्बा संकलनका लागि घनसेशी हिमाल नजिकै आएको हिम पहिरोमा थप दुईजना घाईते भएका छन् ।
हिम पहिरोमा परि मृत्यु हुनेमा सुर्मा – ३ काटै की बर्ष ३८ की रामकला बोहरा , बेपत्ता भएका जयपृथ्बी नगरपालिका –११ की बर्ष १७ की रमिता धामी , बर्ष १४का जमती धामी बर्ष घाईते हुनेमा जयपृथ्बी नगरपालिका ११ मयानाका बर्ष १५का आकाश धामी र मृत्यु सुर्मा ३ काटैका बर्ष ४०को बाबजी बोहरा रहेको स्थानीयलाई उदृत गर्दै प्रहरी नायब उपरिक्षक जागेश्वर भण्डारीले बताउनुभयो । उहाँले घटनास्थल प्रर्फ प्रहरी खटि र अलि हिमालमा जान दुई दिन लाग्ने भएकाले अलि समस्या भएको समेत बताउनुभयो । मृत्यु भएकी बोहराको लास सदरमुकाम चैनपुरमा ल्याईदै छ भने अन्यको स्थानीयले खोजी गरि रहेको समेत स्थानीय चक्र बोहराले बताउनुभयो । बैशाख देखि यार्सा टिप्ने सिजन भएकाले जिल्लाको उत्तरी क्षेत्रका स्कुलहरु बन्द गरेर सबै यार्सा टिप्न लेक तिर जाने प्रचलन रहेको छ । छोटो समयमा राम्रो आम्दानी हुने भएकाले जिवन नै जोखिममा राखेर बर्षेनी स्थानीयहरु यार्सा संकलन गर्ने जाने गरेका छन् । हिमालमा यार्सा संकलन गर्दा जोखिम न्युनीकरण गर्न कुनै पनि चेतनामुलक तथा सुरक्षा सम्बन्धी जानकारी नहुँदा बर्षेनी हिमालमा ज्यान फाल्नु पर्ने स्थानीयको बाध्यताको अन्त्य हुन सकेको छैन् । गएको बैशाखमा मात्र थप एक जनाको हिम पहिरोमा परि मृत्यु भएको थियो । अहिले १० बर्ष यता मात्र झण्डै एक सय जनाले ज्यान गुमाएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस बर्ष मात्र जिल्लाको उत्तरी क्षेत्रमा झण्डै १० हजार जना यार्सा संकलनका लागी गएको बताईएको छ ।