खप्तडछान्नामा किशोरीले लिए आवाज रेकर्डिङ सम्बन्धि तालिम : पालीकामा बाल हिंसाको अन्त्य गर्न गरिमा परियोजनाको जोड

  खप्तड समाचारदाता  275 पटक हेरिएको

बझाङ : जिल्लाको खप्तड छान्ना गाउँपालीका –७ मा सञ्चालन गरिएको बालसंरक्षण, बालविवाह आवाज रेकर्डिङ सम्बन्धि तालिम सकिएको छ । गरिमा परियोजना अन्र्तगत मर्यादित महिनाबारि, हामी सबैको जिम्मेवारी भन्ने नाराका साथ सञ्चालन गरिएको उक्त तालीम आज बिहिवार सकिएको हो ।

बालविवाह न्युनिकरण, बालबालिकाको अधिकार, बाल संरक्षण र आवाज कसरी रेकर्ड गर्ने र कसरी सदुपयोग गर्ने भन्ने बिषयमा किशोरीहरुलाइ जानकारी दिने तथा सचेतना फैलाउने उदेश्यले तालिमको आयोजना गरीएको बताइएको छ । उक्त तालीममा खप्तडछानन गाउँपालिकाका ८ वटा माध्यमिक विद्यालय र बाजुराको खप्तडछेडेदह गाउँपालीकाका ९ विद्यालयका गरी प्रत्येक विद्यालयबाट किशोरी क्लबका २÷२ जनाको सहभागिता रहेको थियो ।

करुणा ट्रस्ट, करुणा जर्मन संघिय सरकारको आर्थिक तथा प्राविधिक सहयोग, ग्रीन तारा नेपाल र रिड नेपालको संयुक्त साझेदारीमा सञ्चालित गरीमा परीयोजनाले विद्यार्थी बालबालीका तथा किशोरीहरुलाई तालीम दिइएको हो । तालिममा रिड नेपालका शिक्षा संयोजक जनकराज जोशीको समेत उपस्थिती रहेको थियो ।

तालीममा सहभागी किशोरीलाई गरीमा परीयोजनाका फिल्ड व्यवस्थापक बिक्रम जोशी र परीयोजनाका मुल्याङकन तथा अनुगमन अधिकृत प्रमिता बस्याले विभीन्न बाल हिंसा न्युनिकरण र रोेकथाम गर्न अपनाईने जनचेतनामुलक सन्देशको जानकारी तथा सचेतना फैलाउनु भएको थियो । तालीम पश्चात समाजमा रहेका सामाजिक बिकृती, विसंगती कुरिती र विभेद हटाइ आवाज रेकर्डले आफुहरुलाइ सुरक्षित रहन सहयोग पुग्ने सहभागी किशोरीहरुले बताएका छन् ।

छाउपडि प्रथाको अन्त्य, भेदभावरहित सुरक्षित महिनावारी र प्रजनन स्वास्थ्य लगाएत समाजमा रहेका सामाजिक कुरिती विभेदको निर्मुल पारि पुर्णरुपमा अन्त्य गर्न गरीमा परीयोजनाले विभीन्न काम तथा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार