ठग आरएनसिकि ‘झोले’ समिक्षा : बोल्न छाडिनन् कम्पनी बन्द हुँदा पनि (यो हर्कत हेर्नुस् )

  खप्तड संवाददाता  1233 पटक हेरिएको

बझाङ : समिक्षा सिंह आरएनसी ट्रडिङ प्रालिमा कार्यरत छिन् । उनी अहिले सामाजिक संजालमा आफ्नो सस्तो लोकप्रियता देखाईरहेकी छिन् । केही दिन अघि जिल्लामा गैरकानुनी रुपमा सञ्चालन भैरहेको ‘आरएनसी ट्रेडिङ प्रालि बन्द’ शिर्षकमा प्रकाशित भएको समाचारको बिषयलाई लिएर समिक्षा अहिले सञ्चारकर्मी माथी खनिएकी छिन् । उनले खप्तड आवाज डटकममा कार्यरत पत्रकार समीर कठायतलाई ज्यान मार्ने धम्की दिँदै अश्लील शब्द प्रयोग गरि डरत्रास देखाइरहेकि छिन् ।

पत्रकार कठायतले यस अघि जिल्ला प्रशासन कार्यालय बझाङको अनुगमन टोलिले जारी गरेको सूचनाको आधारमा जिल्लामा गैरकानुनी रुपमा सञ्चालन गरि ठगी धन्दा चलाइरहेको ‘आर.एन.सि प्रालि बन्द’ शिर्षकमा खप्तड आवाज डटकममा समाचार लेखेका थिए । यसै विषयलाई लिएर समिक्षा लगायत ठगी धन्दाका गिरोह टोलिले विभिन्न अश्लील, अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की समेत दिइरहेका छन् ।

यो हेर्नुस् !


यसअघि उक्त संस्थाले गाउँगाउँमा पसेर ठगी धन्दा चलाइरहेको भन्दै खप्तड आवाज डटकमबाट मात्र नभई विभिन्न सञ्चार माध्यमबाट समाचार प्रकाशित भएको थियो । त्यस पश्चात् मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद बहादुर चनको नेतृत्वमा खटिएको अनुगमन टोलिले आरएनसी ट्रेडिङ कम्पनीलाई बन्द गर्ने निर्णय गरेको हो ।

प्रत्येक्ष विक्री व्यवस्थापन तथा नियन्त्रण गर्ने ऐन २०७४ को परिच्छेद २ बमोजिम इजाजत सम्बन्धि व्यवस्था अनुसार आरएनसी ट्रेडिङले परिच्छेदको दफा ३ बमोजिम इजाजत प्राप्त नगरी वस्तुको प्रत्येक्ष बिक्रीवितरण सम्बन्धि कार्य गरेको भन्दै बन्द गर्ने निर्णय गरेको हो । यति मात्रै होईन कम्पनीका प्रकाश बहादुर चन्दको नाममा नगरपालिकामा मात्र व्यवसाय दर्ता भएको, स्थायी लेखा नम्बर, कम्पनीको रजिस्ट्रारको कार्यालयमा दर्ता नभएको र घरेलु तथा साना उद्योग कार्यालय बझाङमा समेत दर्ता नभएको पाइएको छ ।

यता प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले हामीसंग कुरा गर्दै गैरकानुनी रुपमा सञ्चालन भैरहेको आरएनसी कम्पनी पुर्ण रुपमा बन्द गरिएको समेत बताएका छन् । तर गैरकानुनी रुपमा सञ्चालन भैरहेको संस्थालाई जिल्ला प्रशासन कार्यालयले बन्द गर्ने निर्णय गर्दापनि उक्त संस्थामा कार्यरत ठगहरुले भने बोल्न छाडेका छैनन् । “अब पालो हाम्रो आयो भन्दै उनिहरु विभिन्न गालीगलौज गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार