छबिसमा सञ्चालन भएको आँखा शिविरबाट मोतिबिन्दुका समस्या देखा परेकालाई अप्रेसन गर्न अनुरोध

नागरिकलाई अस्पताल पुर्‍याउन सवारीसाधनको व्यवस्था समेत गरिने

  सबिन कठायत  589 पटक हेरिएको

बझाङ : छबिस पाथीभेरा गाउँपालिकाले आँखामा मोतिबिन्दुको समस्या देखिएका बिरामीलाई जिल्ला अस्पतालमा गएर आँखाको अप्रेसन गर्न भनेको छ । पालिकाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै पुष २८ गतेदेखि ३० गतेसम्म संचालन भएको दुईदिने निशुल्क आँखा शिविरबाट मोतिबिन्दुको समस्या देखा परेका बिरामीलाई आँखाको उपचार तथा अप्रेसन गर्न भनेको हो ।
 “छबिसपाथिभेरा गाउँपालिकाको आयोजना र गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा पालिकाका विभिन्न स्वास्थ्य चौकीमा गरिएको निशुल्क आँखा  शिविरमा मोतिबिन्दुको समस्या देखिएका बिरामिलाई जिल्ला अस्पताल बझाङमा ११ गते हुन लागेको मोतिबिन्दु अप्रेसनमा गएर उपचार गराउन सुचनामा भनिएको छ” ।
यस्तै स्थानीय नागरिकलाई जिल्ला अस्पताल बझाङमा पुर्‍याउन पालिकाले सवारी साधनको समेत व्यवस्था गरेको छबिस पाथिभेरा गाउँपालिका प्रवक्ता एवं वडा नं.१ का वडा अध्यक्ष करनजंग बहादुर सिंहले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार