छबिसपाथिभेरा – ७ मा महिनावारी सरसफाई व्यवस्थापन सम्बन्धी एकदिने अभिमुखिकरण गरियो

  खप्तड संवाददाता  480 पटक हेरिएको

बझाङ : जिल्लाको छबिस पाथीभेरा गाउँपालीका वडा नं. ७ मा किशोरीहरुलाई महिनावारी सरसफाई व्यवस्थापन तथा सेनेटरि प्याडको महत्व र पोषण सम्बन्धी एक दिने अभिमुखिकरण गोष्ठि कार्यक्रम गरिएको छ ।

आज छबिस पाथीभेरा गाउँपालीकाको आयोजना र वडा नं. ७ को सहकार्यमा महिनावारि सरसफाई व्यवस्थापन तथा सेनेटरी प्याडको महत्तव र पोषण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो । छबिस पाथीभेरा गाउँपालीका वडा नं. ७ का वडा अध्यक्ष बिजय धामीको अध्यक्षतामा भएको कार्यक्रममा मजखोरि स्वास्थ्य ईकाई प्रमुख चक्र बोहरा प्रमुख अथिती रहनु भएको थियो ।

यस्तै कार्यक्रम संयोजक बिनोद पुजारा, स्थानीय महिला, स्वयंसेविका लगायतको उपस्थिती रहेको थियो । अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष धामीले बहुक्षेत्रीय पोषण कार्यक्रम छविसपाथिभेरा गाउँपालिकामा पाँचौं वर्षमा प्रवेश गर्दै विभिन्न जनचेतनामुलक कार्यक्रमहरुलाई अगाडि बढाउँदै समाजलाई चेतना र बिकासको नयाँ गति प्रदान गर्दै आएकोे बताउनु भएको छ ।

महिनावारी सरसफाई व्यवस्थापन तथा सेनेटरि प्याडको महत्व र पोषण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रममा वडा नं. ७ का चारवटै टोलबाट १५ जना किशोरीको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार