जयपृथ्वी अस्पतालले सल्यक्रीया सुबिधा सहितको बृहत अपरेसन शिविर सञ्चालन गर्दै

 290 पटक हेरिएको

बझाङ : जयपृथ्वी अस्पतालले सदरमुकाम चैनपुरमा सल्यक्रीया सुबिधा सहितको बृहत अपरेसन शिविर सञ्चालन गर्ने भएको छ । जयपृथ्वी अस्पताल प्रालिले एक सूचना जारी गर्दै सल्यक्रीया सुबिधा सहितको बृहत अपरेसन शिविर सञ्चालन गर्ने भनेको छ ।

बिगत लामो समय सेति प्रादेशिक अस्पताल धनगढीमा कार्यरत बरिष्ट एम.एस जनरल सर्जन डा. राजीव चौधरीद्वारा बिरामीलाई सेवा दिने बताइएको छ । पुस १५ गते देखि १९ गते सम्म अपरेशन तथा बिरामी चेकजाँच शिविर सन्चालन हुने भएको हुँदा बिरामीलाई समयमै सेवा लिन अनुरोध गरिएको छ।

उक्त शिविरमा पित्तथैली तथा पिसाव थैलिको पत्थरीको अपरेसन गरि पत्थरि निकलिने, एपिन्डिसाईटिस तथा हर्नियाको अपरेसन गरिने,(हेमोरोइड) पाइल्सको अपरेसन तथा उपचार, फिस्टुला र फिसरको अपरेसन तथा उपचार गरिने भएको छ ।

यस्तै हाईड्रोसिल तथा बाबासिर को अपरेसन, प्रोस्टेट बढेर पिसाब चुहिने, पिसाब रोकिने समस्या को उपचार गरिने र स्तनका गाठा गुठी र शरिरका अन्य भागका डल्ला, लाईपोमा तथा सिस्टहरु अपरेसन गरि निकलिने, ईन्डोस्कपी मेसिन बाट आन्द्राको घाउ(अल्सर) तथा सुजन हेरि लामो समय देखी को ग्यास्ट्राइटिसको उपचार, भिडियो एक्सरे (अल्ट्रासाउण्ड), मुटुको ईसिजी तथा शरिरका अन्य भागको एक्सरे गरिने जनाइएको छ ।

अत्याधुनिक प्रबिधिको ल्याब बाट दिशा, पिशाब रगत परिक्षणका साथै मृगौला रोग, कलेजो रोग, डायबिटिज, बाथरोग, थायरोइड तथा अन्य हर्मोन सम्बन्धी जाँच गरिने जयपृथ्वी अस्पताल प्रालिले सूचनामा भनिएको छ । अहिले बिरामी स्क्रीनिङ तथा नाम दर्ता सुचारु भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार