नव निर्वाचित सांसदलाई बधाइ कार्यक्रम सम्पन्न,कटिबद्ध भएर काम गर्ने भनाइ

  खप्तड समाचारदाता  590 पटक हेरिएको

बझाङ । गएको मंसिर ४ गते सम्पन्न निर्वाचन बाट बिजयी हुनु भएका बझाङका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाई छुट्टाछुट्टै कार्यक्रम गरि बधाई दिइएको छ । शनिवार आज जिल्ला समन्वय समिति, नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती बझाङ र राप्रपाले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि बधाई दिएको हो । प्रतिनिधि सभा सद्स्य भानुभक्त जोशी , प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ का पृथ्वी बहादुर सिङ र प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ का भिम बहादुर भण्डारी लाई बधाइ दिनुका साथै बझाङको बिकासका लागि माग समेत गरिएको छ । बधाइ कार्यक्रममा जनप्रतिनिधि बाट अपेक्षा अनुसारको काम नभएको भन्दै जन भावना अनुसार काम गर्नका लागि आग्रह समेत गरिएको छ । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य भानुभक्त जोशिले बझाङको विकासका लागि सबैले लाग्नु पर्ने र आफुहरुको भुमिकामा कुनै कमजोरी नहुने बताउनु भयो । उहाले बझाङमा राष्ट्रिय पुजि भित्र्याउनका लागि र बझाङको बिकासका लागि सबैले हातेमालो गर्नुपर्ने उहाँको भनाइ थियो ।त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सद्स्य पृथ्वी बहादुर सिंहले विगतको सरकारले गरेका गलत संस्कारलाइ हटाउनु चुनौती रहेको बताउदै उहाँले सबैले ब्याक्तीगत स्वार्थमा नलागी सबैले वास्तविक समस्याका बारेमा वकालत गर्नु पर्ने बताउनु भयो । उहाले बझाङको बिकासका लागि आफू सधै कटिबद्ध भएर लाग्ने र सबैको सहयोगको समेत अपेक्षा रहेको उहाको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार