प्रदेश क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट सिंह बिजयी

  शैलेन्द्र रोकाया  157 पटक हेरिएको

बझाङ, बझाङको प्रदेशसभा (१) निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका पुर्व पाटी सभापती पृथ्वी बहादुर सिह विजयी हुनु भएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका सिंह नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई पराजित गर्दै उहाँ बिजयी हुनुभएको हो । सिंह २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा नेकपा एमालेका भैरब बहादुर सिह संग पराजय हुनु भएको थियो । सिहले नेकपा एमालेका अफिलाल ओखेडा लाई तिन हजार ६ सय ७९ मतले पछि पार्नु भएको थियो । उहाँले १६ हजार ६ सय ७७ मत ल्याउदा एमाले उम्मेदवार अफिलाल ओखेडाले १२ हजार ९ सय ९८ मत पाउनु भएको थियो । २०७० सालमा संविधान सभा सदस्य बनेका ओखेडा यो पटकको निर्वाचनमा प्रदेश सभामा नेपाली कांग्रेसका सिंहसंग फराकिलो मतान्तरले पराजित हुनु भएको हो । प्रदेश सभा क्षेत्र नम्बर १ मा ११३० मत बदर भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार