बझाङमा प्रतिनिधी सभामा समाजबादीबाट जोशी बिजयी

  शुवासचन्द्र रोकाया  756 पटक हेरिएको

बझाङ जिल्लामा प्रतिनिधी सदस्य नेकपा एकिकृत (समाजबादी ) पाटीका स्थायी कमिटी सदस्य भानुभक्त जोशी बिजयी भएका छन् । उहाँका निकट्तम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केनिद्रय सदस्य ऐन महरलाई पछि पार्दै ९ सय ९८ मतान्ततरले जोशी बिजयी भएका हुन् । कुल खसेको मत ६३ हजार ४ सय ८९ मत मध्ये जोशीले २८ हजार १ सय ४३ मत प्राप्त गर्दै निर्वाचित भएका हुनु भएको हो । उहाँका निकट्म प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार ऐन महरले २७ हजार १ सय ४५ मत प्राप्त गर्नु भएको थियो । बझाङमा प्रतिनिधि सभा सदस्यका लागि ८ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए । बिहिबार बिहान सार्बजनिक भएको २०७९ को निर्वाचनमा प्रतिनिधि सभामा भानुभक्त जोशी विजयी भएका हुनुभएको मुख्य निर्वाचन अधिकृत नन्द किशोर प्रसाद यादबले जानकारी दिनुभयो । मंङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनमा ६ गते देखि मत गणना कार्य भएको थियो । जिल्ला भरि १२२,३७६ मत मध्ये ६१,५०६ मत खसेका थिए । प्रतिनिधी सभामा कुल ३,४५९ मत बदर भएका थिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार