बझाङको जयपृथ्बी नगरपालिका वडा न. ६ को,बहु प्राविधिक शिक्षालयमा विद्यार्थीद्धारा तालाबन्दि

  सबिन कठायत  1665 पटक हेरिएको

कार्तिक २४ बझाङ ः प्रशासनको लापरबाहिका कारण पढाई हुन नसक्दा बझाङको जयपृथ्बी नगरपालिका वडा न. ६ नौरा अठालामा रहेको शहिद वृष बहादुर सिंह बहु प्राविधिक शिक्षालयमा विद्यार्थीद्धारा तालाबन्दि गरिएको छ । बहु प्राविधिक शिक्षालय सुरु भएको दुई हप्ता नबित्दै तालाबन्दि गरिएको हो । प्रशासनको लापरबाहिका कारण, शिक्षक कक्षामा समयमा नआउने, आएपनि नपढाउने, समयमा कलेज नखुल्ने जस्ता लापरबाहि भएकाले तालाबन्दि गरिएको त्यहाँ अध्यनरथ विद्यार्थीहरुले बताएका छन । तर यता वडा न. ६ वडा अध्यक्षसंग बुझदा एउटा कक्षा चैनपुर सञ्चालन भैरहेको र विद्यार्थीको माग चैनपुर नभएर उतै पढाई हुनुपर्ने रहेको बताउनु भएको छ । शिक्षकको पार्ट समयमा काम भएको हुनाले एउटा कक्षा चैनपुर नै पढाई गर्नुपर्ने वडा न. ६ का वडा अध्यक्ष नरेन्द्र ब. सिहले जानकारी दिनुभयो । साथै उहाँले भोलि बैठक बस्ने पनि बताउनुभयो । वि.स २०७६ सालमा स्थापना भएको सि.टि.भि.टि प्राविधिक धारतर्फको त्यो कलेजमा शिबिल इन्जिनिरिङ र आए.सि.ए.जी दुई सङ्ककायामा पढाई हुने भनिए पनि अहिलेसम्म पढाई हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार