कल्पना उपाध्याय,बझाङ । उद्योग वाणिज्य संघ बझाङले सिलदेवि मेलाको अवसरमा आयोजना गरेको भलिबल प्रतियोगिताको आज उद्धघाटन गरीएको छ ।प्रतियोगीतामा जिल्लाका २५ वटा टिमको सहभागीता रहेको छ । जसमध्ये १६ वटा पुरुष र ९ वटा महिला टिम सहभागी रहेका छन् ।
आज पहिलो दिन उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीको अध्यक्षतामा उद्धघाटन कार्यक्रम गरीएको छ । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहोरा रहनुभएको थियो भने सबै पालिकाका प्रमुख,उपप्रमुख,प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल विशिष्ट अथिती रहनुभएको थियो । यस्तै शुरक्षा निकायका प्रमुख,जनप्रतिनिधिहरु लगाएत कार्यलय प्रमुखहरु अथिति रहनुभएको थियो ।
प्रतियोगितामा मुख्य प्रायोजक जयपृथ्वि नगरपालिका रहेको छ भने अन्य प्रायोजकमा जिल्लास्थित सबै पालिकाहरु रहेका छन । यहि कार्तिक १ गते देखि देउडा प्रतियोगिता सञ्चालन हुने उद्योग वाणिज्य संघ बझाङले जनाएको छ । निर्धारीत समयका अविरल वर्षाले अवरोध गरेपछि आजबाट खेल सुरु भएको हो । पहिलो खेल भोली बिहान ७ बजे बुङ्गल नगरपालिका र खप्तडछान्ना गाउँपालिका बिच हुने भएको छ ।
उद्योग वाणिज्य संघ बझाङको आयोजनामा जिल्लाकै सर्वाधिक धनराशीको बझाङ उद्योग वाणिज्य संघ कप २०७९ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । जिल्लाकै ऐतिहासिक सिलदेवी मेलाकोे अवसर पारेर सदरमुकाम चैनपुरस्थित ठुलोगडामा बझाङ उद्योग वाणिज्य संघले महिला÷पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको छ ।
उक्त प्रतियोगिताको पुरुष भलिबल तर्फ प्रथम पुरस्कार १ लाख ३१ हजार १११ रुपैयाँ पुरस्कारको व्यवस्था गरीएको उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीले जानकारी दिनुभयो । यस्तै द्धितिय पुरस्कारमा ७५ हजार १११ र तृतियमा ५१ हजार १११ तोकिएको छ । महिला प्रतियोगिताको प्रथम विजेताले ५१ हजार १११, द्धतियमा ३१ हजार १११ र तितृयमा २१ हजार १११ सहित ट्रफी र मेडलको पनि व्यवस्था गरीएको छ ।