बझाङमा आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

  कल्पना उपाध्याय  487 पटक हेरिएको

बझाङमा आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख जागेश्वर भण्डारिको अगुवाईमा भएको सदरमुकाम चैनपुरमा प्रभातफेरि र्‍याली कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रशासन कार्यलय बझाङका सहायक प्रमुख जिल्ला अधिकारि प्रमोद चन ,जिल्ला स्वास्थय कार्यलय प्रमुख , सामुदायिक प्रहरी , बालमन्दीर बिद्यालयका विद्यार्थी तथा नागरिक समाजको बाक्लो सहभागिता रहेको थियो ।

गत भदौ २५ गते अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम दिवसका अवसरमा तय गरिएको र्‍याली कार्यक्रम बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनको कारण नेपाल सरकारले शोक घोषणा गरेको भन्दै स्थगित गरिएको थियो।

जिल्ला प्रहरी कार्यलयका प्रबक्ताले स्वागत मन्तव्य राख्दै बझाङमा आत्महत्या गर्नको तथ्यांक प्रस्तुत गर्दै यसको न्यूनीकरणका लागि विभिन्न समुदायमा प्रहरीले जनचेतनामुलक कार्यक्रम गर्न बताएका छन् ।

बझाङमा आ ।ब ०७६र७७मा जिल्लाभर २९ जनाले आत्महत्या गरे भने आ। ब०७७र७८ मा ३६ जनाले ज्यान गुमाएका छन् त्यसैगरी आ। ब ०७८र७९ मा २९ जनाले आत्महत्या गरेका छन् भने चालू आर्थिक बर्षको ३ महिनाको अबधिमा ९ जनाले आत्महत्या गरेको तथ्यांक प्रस्तुत गरेका छन् । पछिल्लो ३ बर्ष यता बझाङमा १०० जनाले आत्महत्या गरेको देखीएको छ।

विभिन्न समयमा आएका महामारी जस्तै कोभीड भन्दापनि आत्महत्याका घटना बढेको एक तथ्यांकमा प्रस्तुत गर्नुभएको थियो।

आत्महत्याका गर्नुको पछाडि गम्भीर रोगबाट पीडित , गम्भीर दुर्घटना , लागुऔसध दुर्ब्यसन , मानसिक असन्तुलन ,हिंसा ,यातना ,बेरोजगार तथा बाताबरण तत्व भएको जनाएको छ।जिल्ला अस्पताल मेडिकल सुपरिटेन्डेन्ट नबराज जोशिले कार्यक्रममा बोल्दै बिश्वब्यापी तथ्यांक अनुसार प्रतेक ४०सेकेन्डमा एक ब्यक्तिले आत्महत्या गरिरहेका तथ्यांकमा देखाएका थिए।एउटा ब्यक्तीले आत्महत्या गर्दा त्यसको प्रत्यक्ष असर समुदाय लगायत वरिपरि १ सय ३० जनालाइ असर गर्न गरेको सर्वक्षणमा देखीएको बताए ।

आत्महत्या रोकथाम गर्न सल्लाह,परामर्श गरि बिरामीको मनोबल बढाए केही मात्रमा रोकथाम गर्न सकिने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार