सामान्य उपचार बाहेक थप उपचारका लागी जिल्ला बाहिर उपचार गराउनु जानुपर्ने दुर्गम गाउँमा बस्ने नागरिकहरुको बिवशता मात्र होईन बाध्यता पनि हो । सिटामोल सम्म नभई गाउँमा अकालमा ज्यान गुमाउनु परेको पिडा मात्र होईन बनेका स्वास्थ्य चौकीहरु सम्म बिरामी बोक्ने स्टेचर नुहुदाँ कन्डी( निगालेले बनेको डोको काटेर बनाएको ) मा बोकेर ल्याउनु परेको समस्या स्मृतीमा अझै ताजै छन् ।
हैजाले ज्यान पल्ला गाउँकी जेठी आमा देखि सुत्केरी हुन नसकेर घरमै आँखा अगाडी मृत्यु रोजेकी कान्छी आमाको कारुणिक बेदनाको साक्षी भएको म , जिवन र मृत्युको संर्घष गर्दै सामान्य उपचार नपाएर ज्यान गुमाएका आफन्तहरु मात्र होईन ,यौवनको समयमा पत्रकारिता गर्दै थुप्रै कारुणिक बेदनाका कथा लेखेको एक पात्र म पनि हुँ । बालक हुँदा भतिजो बिरामी भएर मृत्यु र जिवन संग संर्घष गर्दै ओथौ , मुलो गर्न बैद्यको घरमा घण्टौसम्म लाईन बसेको बाल्यकालको कथा मात्र होईन, पेटमा जुका परेर औसधी नपाएर भोमिट गर्दै नाक , मुखबाट जुका निकाली प्राण त्याग गरेकी तल्ला घरकी भतिजीको यथार्थता मेरो मनस्पटलमा अझै ताजै छ ।
मेरी आमालाई हैजा लाग्दा गाउँले तथा परिबारले छोडेर जगंल तिर भागेको र खप्तडबाट स्वामी जी ( खप्तड बाबा )आएर आमाको उपचार गरेर निको भएको कथा थोरै पुरानो हो । ज्वरो तथा जुका पर्दा औषधी नपाए कयौ पटक तामपत्र नामक जडीबुटी पानीमा घुलेर आमाले खुवाएको म बिर्सेको छैन् । सानो छँदा सामान्य घाँउ चोट पटक लाग्दा लेक तिरबाट आमाले खोजेर ल्याएको जडीबुटीले चार दिन मै निको बनाएको म झन कसरी कसरी बिर्सन सक्छु र । चरम तरिकाले पेट दुखेर काठ ठेलो (बस्नलाई बनाएको ) तताएर घण्टौ सम्म पेट सेक्दै आरामको महसुस गर्ने भाउजुको बाध्यता पनि बेग्लै थियो । यी सबै स्वास्थ्य सेवा सर्वसुलभ नहुँदा मेरा आफन्त र गाउँलेहरुले भोगेका प्रतिनिधी घटना मात्र थिए ।
मैले बैवाहिक जिवनमा बाधिएको एक दशक यता दुई वटा पारिबारिक स्वास्थ्य समस्या राम्रो संग फेस गरेको छु । चार बर्ष अगाडी अत्याधिक टाउको दुख्ने , ज्वरो आउने समस्याले ग्रस्त श्रीमतीलाई पटक पटक जिल्ला अस्पताल बझाङ ल्याएर स्वास्थ्य परिक्षण गर्दा कुनै समस्या देखिएन् । दिन प्रतिदिन स्वास्थ्य अबस्था एकदमै कमजोर बन्दै गएको र अन्तिममा थला परेर मृत्यु नजिकै पुगेको दिन सम्झन्छु । जिल्ला अस्पतालका डा. मिलन खड्काको सल्लाह अनुसार थप उपचारका लागी तुरुन्तै नेपालगन्ज जानुपर्ने भनेपछि हतारमा राती १० वजे कोहलपुरका लागी हिडेका थियौ । पछिल्लो दिन कोहलपुर मेडिकल कलेज दुई घण्टा भित्रै स्क्रबटाईपस नामक रोग लागेको र एक घण्टा भित्र यो पत्ता नलागेको खण्डमा ज्यानै जाने डाक्टरले भने पछि छाँगाबाट खसे झै भए । दुई दिन अगाडी बझाङ हुँदा स्क्रवटाईपसका कारण जिल्ला अस्पतालबाट रिफर गरि घनगडी पुर्यका तिन जना महिलाको मृत्युको समाचार लेखेर आएको म झनै स्तब्ध र आत्तिए । डाक्टरले अब रोग पत्ता लागी सक्यो आईसियुमा राखेर भए पनि उपचार हुन्छ चिन्ता नलिनुस भने पछि अलि सन्तोषको स्वास लिएको थिए । उपचार सम्भब भयो निको भएर हप्ता दिन पछि हामी फर्कियौ ।
भदौ १७ गते मेरो श्रीमती सोबिता छान्नाबाट चैनपुर आई । सामान्यतया स्वास्थ्य अबस्था राम्रो नै थियो । बेलुकाको खाना खादा समान्य पेट दुख्यो भन्दै थि । सामान्य होला भनेर मैले वास्ता गरेन । खाना खाई सके पछि म संग सामान्य औषधीहरु घर मै थिए । बुस्कोपान खुवाएर हामी सुत्यौ । रात बित्दै गयो उनलाई असह्य पिडा भएर कराउन थाली । राती ३ बजे उठेर फेरि औसधी खुवाए । कुनै फरक आएन् । जती जती समय बित्दै गयो उती बढी असह्य पिडा हुन थाल्यो । बिहान भयो । बिहान ८ बजे हामी जिल्ला अस्पताल आयौ । ईमरजेन्सी कक्षमा राखियो । अधिकाशं स्वास्थ्यक्रर्मीहरु चिने जानेकै थिए । तुरुन्तै डाक्टरहरुको टोली आयो । भिडियो एक्सारे गर्नु पर्ने सुझाव अनुसार बिहान १०ः ३० वजे भिडियो एक्सारे र चेक जाँच गर्दा एपेन्डीसाईटिक भएको भन्ने कुरा पत्ता लाग्यो । ७२ धण्टा भित्र अप्रेसन गर्नुपर्ने रहेछ । नभए स्वास्थ्य जटिलता हुन सक्ने डाक्टरको सुझाव दिनुभयो । अप्रेसनका लागी धनगडी नै जानु पर्ने भयो भनेर सोचेर जापोपाजो मिलाउने कुरा मनमा खेलाउदै थिए । नभन्दै डाक्टरले तपाईले मान्नु हुन्छ भने हामी संग स्रोत साधन सबै छ । यतै अप्रेसन गर्दा पनि हुन्छ र ठूलो अस्पतालमा लिन्छु भन्दा पनि छिटो लिनुस । नभए औसधीले पनि सुकाउन पनि सकिन्छ तर पछि फेरि बल्झीन पनि सक्न भन्ने सुझाव आयो । म अलमलमा परे । औसधीले सुकाउन सकिन्छ भने फेरि बल्झन सक्छ । फेरि पेट भित्रै फुट्यो भने ज्यान समेत जान सक्ने । अप्रेसन गरौ जिल्ला अस्पतालमा बिगत ६ बर्ष देखि अप्रेसन भएको रहेनछ । पहिलो अप्रेसन हामीले गर्नु पर्ने रहेछ । म अलमलमा परे फेरि मेरो आफन्त समेत रहेका डा. मिलन खड्का बाहिर हुनुहुथ्यो । उहाँ संग फोन मार्फत सल्लाह लिएपछि जिल्ला अस्पतालमा नै अप्रेसन गर्न राजी भए । यो भन्दा अगाडी डा. पुर्ण घर्ती हुदाँ फाटफुट अप्रेसन गरेका थिए । डा. घर्ती बझाङबाट सरुवा भए देखि जिल्ला अस्पतालमा सर्जरी भएको थिएन् । जिल्ला अस्पतालमा पनि अप्रेसन हुन्छ भनेर जिल्लामा कसैले बिश्वास समेत गर्न सकेका थिएन् । बिश्वास समेत नगरेर अधिकाशं बिरामीहरु ठूलो अस्पतालमा जाने गरेका रहेछन् । सर्जरीको डाक्टर आएको एक हप्ता भएको रहेछ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बिषेशज्ञ सेवाका लागी अस्पतालमा सर्जन डाक्टर ल्याएका रहेछन् । म कन्फम भए । जिल्ला अस्पतालमा अप्रेसनका लागी स्वास्थ्यक्रर्मीहरुले चाजोपाजो मिलाउन थाले । एका तिर सस्तो भरपर्दो सेवा पाउने , अर्को तिर जिल्ला अस्पतालमा पनि अप्रेसन सुरु भएछ भन्ने आम नागरिकहरुलाई जानकारी पनि हुने भनेर पनि सोचियो ।हामी पत्रकारहरु आफुलाई समस्या पर्दा पनि आम मान्छेका बारेमा पनि सोच्ने , सामान्य समस्या पनि उजागर गर्ने ,अरुकै समस्याका कथाहरु लेख्दा लेख्दै आफ्ना हजारौ समस्याहरु बिर्सीने । मेरो पत्रकारिताको १४ बर्ष सम्म मैले मेरो परिबारबाट धेरै कुरा सुनेको छु । भोगेको छु । आजकल सबैले भन्न छोडि सके ।अप्रेसन अगाडी ६ घण्टा खाली पेट राख्नु पर्ने भएकाले बेलुका ५ बजे अप्रेसनका लागी समय तय गरियो । अप्रेसन गर्नु भन्दा अगाडी एउटा पेपरमा हस्ताक्षर गरे । कुनै समस्या आएमा म आफै जिम्मेवार हुनेछु भनेर । हुन त एपेन्डीसाईटिकको अप्रेसन समान्य हो भन्छन । तर अप्रेसन कुनै पनि समान्य हुदैनन् भन्ने चाही मैले बुझेको थिए ।जिल्लामा पहिलो पटक अप्रेसन गराउनु मेरो सौभाग्य मात्र थिएन त्यो भन्दा अझ बढी बझाङका आम नागरिकहरुलाई बझाङमा पनि सस्तो ,भरपर्दो र गुणस्तरिय स्वास्थ्य सेवा बझाङमा पनि हुन्छ भन्ने सन्देश समेत दिनु थियो । बेलुका ५ बजे अप्रेसन थ्रेटरमा पुर्एर म फर्कीए । अप्रेसन टोलीमा सर्जरीको डा.सागर न्यौपाने , डा. निरज कडायत ,डा. शिद्धराज रोकाया , स्वास्थ्यक्रर्मी भाई कमल जोशी र बहिनि साधन खड्का लगायतको टोली भित्र छिरे । अप्रेसन बिग्रियो भने बर्बाद नै हुन्छ । केटा केटी साना छन् । खै के के कुरा मनमा खेलि रह्यो । नभन्दै एक घण्टा पछि डाक्टर टोलीले अप्रेसन सफल भएको कुरा सुनाए । पेटबाट काटेको बेकार चिज पनि देखाए झण्डै पाकेर पिप बन्न थालि सकेको रहेछ । संघिय सरकाले झण्डै २३ करोड ८० लाखको हाराहारीमा ब्यवस्थीत भवन सहितका उपकरणहरु समेत राखेको छ । जिल्ला अस्पताल बझाङको नबनिर्मित भवनको अति सम्बेदनशिल कक्ष जहाँ अप्रेसन गरेका बिरामीहरुलाई मात्र राख्ने गरेको ठाउँमा अब्जरबेसन रुममा राखियो । तिन बेड भएको उक्त रुममा एक ब्याडमा मेरै आफन्त भाई बुहारीको सुत्केरी हुन नसकेर पेटको सर्जरी गरि त्यहाँ राखिएको रहेछ । संयोगले त्यही भेट भयो । ब्यवस्थित कोठा भित्र डुङडुङती गन आई रहेको थियो । सबै तिर हेरे सबै ठाउँमा सफा देखिन्छ । मैले भबसागर भाई (देबल मामाको छोरा ) लाई एक माक्स मागेर लगाई हाले । हुन त अप्रेसनका गरेका मान्छेहरु बस्ने कक्ष अब्जरबेसन रुपमा आम मान्छे जानलाई समेत प्रतिबन्ध हुने गरेको मैले काठमाण्डौका धेरै हस्पीटलमा देखेको थिए । कुरुवा समेतले भेट्नका लागी अलगै लुगा र चप्पल समेत हस्पीटलले नै दिएर मात्र भेट्नु पर्ने समेत मैले राजधानीका ठूला हस्पीटलमा देखेको थिए । तर यहाँ आम मान्छेका लागी खुल्ला रहेछ । मैले यहाँ नेर अस्पताल भित्रको फोहरको प्रसंग मात्र जोडेको हँु । बिगत केही बर्षदेखि कार्यकर्ता भर्ती केन्द्र बनेको जिल्ला अस्पतालमा आदेशमा राखेकाहरुले काम चोर कर्मचारीहरुको हबिगत कस्तो रहेछ भन्ने उदाहारण मात्र पेस गरेको हुँ । अति सम्बेदनशिल कक्षमा यस्तो गन्ध कहाँबाट आएको रहेछ भनेर खोज्दा खेज्दा भेटाउन सकिएन । अप्रेसन गरेको राती भुईमा राखेको स्टुलमा बसेर झ्याप्प निन्दा लागेर श्रीमती जी सुतेको ब्याडमा के टाउको राखेको थिए कुहिएर गन्धले मेरो टाउको दुख्यो । रात भरि माक्स लगायर बाहिर आए मान्छे बस्ने टिनको स्टुलहरुमा मंच्चर संगै गुनगुनाउदै रात कटाईयो । अप्रेसन भएको तेस्रो दिन बिहान श्रीमती जीलाई बिस्तारै हिडाउनु पर्ने डाक्टरको सल्लाह अनुसार ब्याडबाट उठाउँदा पनि गन्ध झनै पेचिलो बनेर आउँदै थियो । यसो के रहेछ भनेर बेड उल्टो राखेर तन्ना मिलाएको देखे । यस्तो किन गरेको रहेछ भनेर बेड पल्टाएर हेरेको त पुरै ब्लडले भिजेर कुहिएको थियो । यस्तो सम्बेदनशिल ठाउँमा पनि कर्मचारीहरुको यस्तो चरम लापरबाही हुन्छ भनेर कस्ले पत्याउथ्यो र । सरसफाई गर्नलाई मात्र यहाँ ८÷१० जना स्टापहरुको डिउटी हुँदो रहेछ । राजनिती दलको कार्यकर्ता तथा आफन्त भर्ति केन्द्र बनेको जिल्ला अस्पताल जहाँ १५ सैयाको मात्र स्वीईकृत अस्पातालमा २२ जना मात्र सरकारी दरबन्दी छ । हस्पीटलले सुबिधा बढाए संगै यहाँ हुने अस्पताल ब्यवस्थापन समितीमा भएकाहरुका आफन्त, डाक्टर तथा कर्मचारीका आफन्तहरुको भर्ती केन्द्र बनेको धु्रब सत्य कोट्याउदा त्यती सान्दर्भिक ठाँन्दैन । कुल मिलाएर हस्पीटलमा ११५ जना कर्मचारीहरु रहेछन् ।
अब्जबेसन रुमबाट माथील्लो तलाको प्रीयुडिक कक्षमा सारियो । त्यहाँ भित्र एटेज बाथरुम सहितको सौचालय समेत रहेछन् । माथील्लो तलाका ३ वटा कोठामा भएका एटेज बाथरुम सहितका कोठामा सौचालयहरु बन्द थिए । किन बन्द गरेको भनेर सोधे । पहिला सौचालयहरु जाम भएका छन् भन्ने जवाफ पाए पछि अझ झन बढी चाख लाग्यो । हस्पीटलको करोडौ लागतमा नवनिर्मित भवनको हस्तान्तरण भएको तिन महिना भएको छैन् । सौचालय जाम भएको भए म मिस्त्री बोलाएर बनाउँछु चाबी दिनुस भने । हाकिम सापलाई भन्नुस भनेर नसिड्ढ स्टापले भने पछि मैले जिल्ला अस्पतालका कार्यालय प्रमुख डा. नबराज जोशी सरलाई चाबी दिनु पर्यो सर । अप्रेसनको बिरामीलाई घुमाएर बाहिर पट्टी भएका सौचालयमा लिन समस्या हुन्छ भनेर आग्रह गर्दा उहाँले तुरुन्तै सौचालय खोल्न लगाउनुभयो । सौचालयमा हेर्दा बाल्टिन र जग पनि थिएन् । बाल्टिन र जग पनि राखि दिनु पर्यो भनेर चार पाँच पटक ईन्डोरको नर्सिड्ढ स्टाप संग आग्रह गरे । हस्पिटलको स्टोर हेर्ने सर संग पनि आग्रह गरे । बल्ल एक दिन पछि सौचालयमा जग र बाल्टिन आयो । मैलै यो प्रंसड्ढ किन जोड्दै छु भने । तिन महिना सम्म बिरामी भएकाहरु एटेज रुम भित्रै बसी रहेका बिरामीहरुले बाहिर तिर पछाडी घुमेर सौचालय जानु पर्ने बाध्यता किन बनेको रहेछ । बझाङ जिल्ला भौगोलिक हिसावाले देशकै दुर्गम जिल्लाहरुमा टप टेन जिल्ला भित्र पर्छ । मानब बिकास सुचांकको हिसाले देशकै सबै भन्दा पछाडी छ । बिचारा दुर्गम गाउँबाट आउने सामान्य बिरामीहरु र कुरुवाहरुले त्यो अलि आधुनिक कुर्ची जस्तै बसेर दिशा गर्ने सौचालयको कसी प्रयोग गर्न सक्थे र । जिल्लामा खुल्ला दिशा गर्ने बानी भएका हामी बझाङका दुर्गम गाउँमा बस्नेहरु बिगत चार पाँच बर्ष देखि मात्र त सौचालयमा दिशा गर्ने बानी बसेको छ । यहाँ आउने बिरामी र कुरुवाहरुले त्यो सौचालयको प्रयोग गर्न नजान्दा धेरै फोहर भयो भनेर बन्द गरेको कुरा अन्तः थाहाँ पाए । यत्रो कर्मचारी हस्पीटलमा छन् । कम्तीमा पनि आएका बिरामीलाई सौचालय प्रयोग गर्ने तरिका र सरफाईका बारेमा केही जानकारी गरिदियो भने कती राम्रो हुन्थ्यो । अरु ठाउँ जादा पनि त सिक्थे होला । मन मनै सोचे । अर्को कुरा मेरो श्रीमतीलाई भोमिट आयो । बेड नजिकै डस्बीन छ की भनेर हेरे । कतै पनि देखेन । अनि गएर नर्स बहिनीलाई डस्बीन दिनु पर्यो भनेर आग्रह पनि गरे । उनले डस्बीन छैन् । बाहिर ग्यालरीमा डस्बीन छन् । त्यही गर्नुस भन्ने जवाफ पाए । मानवीय संबेदनाका हिसावले पनि बुझ्नु पर्ने हो । पेट काटेर अप्रेसन गरेको बिरामीलाई पटक पटक उठबस गर्दा कती पिडा हुँदो हो । मैले भने बिरामीको अबस्था तपाईले देख्नु भएको छ । त्यो कसरी सम्भब छ र । बरु आफै ब्यवस्था गर्नुस भन्नुस भने । पछि सानो डस्बीन ल्याएर राखि दिए । मैले प्राय ईन्डोरमा राखेका सबै बिरामीको बेडमा हेरे कुनै पनि ठाँउमा डस्वीनहरु थिएनन् । हुन त यती सानो सानो कुरा यहाँ राख्नु पर्ने कुनै आबस्यकता थिएन् । यसको मतलब हो स्वास्थ्य जस्तो अति सम्बेदनशिल क्षेत्रको निग्रानी र जिम्मेवार बनाउनु पनि यसको उदेश्य होला जस्तो लाग्यो ।अस्पताल एक मन्दिर हो । जहाँ जाँदा बिरामीको २० प्रतिसत बिराम अस्पतालको वातावरणले नै ठिक हुनु पर्छ भन्ने मान्यता राख्नु मेरो गल्ती होईन । मैले धेरै पटक , धेरै फोरमहरुमा मन्दिरमा करोडौ रुपयाँ लगानी गर्नु भन्दा त्यो पैसा स्वास्थ्य र शिक्षामा लगानी गर्नु पर्छ भनेर वकालत गर्ने एक अभियान्त पनि हुँ । त्यसैले मसिनो मसिनो कुरा यहाँ पस्केको छु । कुनै पत्रकार भएर होईन । बिरामी कुरुवा भएर मात्र ।अस्पतालको भित्रको औषधी बिक्री कक्षमा र टिकट काट्ने वा बिलिड्ढ कक्ष यस अस्पतालको मुख्य आम्दानी हुने ठाउँ हुन । झण्डै एक बर्षमा मात्र यस अस्पतालले डेढ करोड रुपयाँको वरिपरि मात्र मुलाफा हुँदो रहेछ । आर्थिक मामिलामा सुच्म भई भित्र छिर्दा कुहिएको फर्सि जस्तै बनेको अस्पतालको आर्थिक पाटो कुनै अर्कै प्रसंगमा उजागार होला नै । तर मैले यहाँ औषधी किन्नका लागी हस्पीटन भित्रको फार्मेसीमा पटक पटक गए । चार दिनको समयमा झण्डै आठ नौ पटक नै म फार्मेसिमा औषधी किन्न गए । दुई पटक मैले औसधी किन्दा बिल दिईएन् । मैले बिल दिनुस न भन्दा अहिले कम्प्युटर बिग्रीएको छ पछि लैजानु होला भन्ने जवाफ पाँए । यहाँ टिपोट गरेको छु पछि आउनु होला भन्ने जवाफ पछि म फर्किए । मलाई बिल चाहिएको थियो । किनकी कुनै एक संस्थाले शोबिताको बिमा गरेको रहेछ । बिल दिए पछि उपचार खर्च दिने भनेको रहेछ । त्यसैले मेरा लागी बिल अनिबार्य थियो । फेरि मैले सोचे यो अस्पतालको मुख्य आम्दानीको स्रोत रहेको फार्मेसीमा समेत यस्तो फितलो र गैर जिम्मेवारी होला र । मन मनै सोचे । म जस्तो एक सचेत नागरिकलाई बिलका लागी दुई तिन पटक आग्रह गर्दा पनि आनाकानी गरियो भने अरु के हुँदो हो । कम्पयुटर बिग्रिनु मेरो समस्या थिएन् त्यो हस्पिटलको समस्या हो । मलाई त बिल चाहिएको थियो । त्यो हस्त लिखित भएपनि । मेरो मनमा यो प्रश्न उब्जी रह्यो । हुन त थोत्रा कम्पुटरहरु थिए , बिग्रन पनि सक्छन भन्ने पनि लाग्यो खै के रहेछ । त्यो कुरा हस्पीटल प्रशासनले नै जानुन । यो मेरो नितान्त भोगाई मात्र थियो ।
अस्पतालको बसाईको तेस्रो दिनको राती १० बजी सकेको थियो । खाना खान नजिकै रहेको क्यान्टिनबाट अलि ढिला गरि अस्पताल भित्र छिरे । एक्का एक्का भन्ने आवाज ईमरजन्सी रुमको बाहिर पट्टी भित्र छिर्ने मुल ढोकाबाट आवाज जोर जोरले आई रहेको थियो । त्यस पछि सबै वा वा गरि जोर जोरले कराई रहेका आवाज सुने । मैले सोचे के भई रहेको छ । कतै स्टाप तास त खेलि रहेका छैनन् भनेर ईमरजेन्सी रुम भित्र छिरे । स्टापहरु बस्ने काउन्टर खाली थियो । दुई चार जना सामान्य बिरामीहरु आ आफ्नो बेडमा थिए । काउन्टर पछाडी स्टाप रुम रहेछ । स्टापहरु भित्र सामान्य बाजी राखेर मोबाईलमा लुडो खेलि रहेका रहेछन् । हुनत जटिल खालको बिरामी नभएपछि के नै गर्थे र कर्मचारीहरु पनि । रात भरि अनिदै बस्नु छ । टाईम अनुसार सबै बिर।मीहरुलाई औषधी दिई सकेका होलान । जटिल बिरामी कोही बिरामी आएको भए त किन लुडो खेल्थे होला । टाईमपास गरि रहेका होलान भनेर सोचेर फर्किए ।
नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भई सके पछि सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेख्य मात्रामा लगानी बढाई रहेको छ । नेपालको संबिधान २०७२ले पनि मौलिक हकका रुपमा सबै नागरिकलाई स्वास्थ्यको हक हुनेछ भन्ने कुरा सर्ब स्वीकार समेत गरेको छ । मैले यो डायरीको शुभारम्भ मै केही प्रतिनिधी घटनाबाट उजागर किन गरेको भन्दा ब्यवस्था परिबर्तन संगै आम जनजिबन समेत परिबर्तन भई रहेको छ । युएन सम्मेलनमा सहश्रब्दी बिकास लक्ष्यमा बिश्वका १८९ राष्ट्रहरुले हस्ताक्षर गरेका छन् । सोही बिकास लक्ष्यमा समेत स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने कुरा जोडदारले उठाएको छ । सरकारले लिएको दिगो बिकासको लक्ष्यको सुचकहरुमा समेत स्वास्थ्यका अबस्था सुधारका बारेमा प्राथमिकतामा राखेको छ । संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारको मुख्य प्राथमिकताको क्षेत्र पनि स्वास्थ्य क्षेत्र हो । लगानीका हिसावले स्वास्थ्य क्षेत्रमा सरकारको अत्याधिक धेरै छ । तर पनि स्वास्थ्य क्षेत्रमा आम नागरिकहरुले अपेक्षा गरे जस्तो परिवर्तन हुन सकेको छैन् । समग्रमा भन्दा जिल्ला अस्पतालका केही सामान्य समान्य ब्यवस्थापकिय कमजोरी बाहेक सबै मैले सोचे भन्दा धेरै राम्रो थियो । सबै भन्दा उत्कृष्ट कुरा त डाक्टरहरुको नियमिता , सरलता , बफादारिता र बिरामी संग गर्ने ब्यवहार अनि अनुभब सबै भन्दा राम्रो पक्ष लाग्यो । आज भन्दा १० बर्ष अगाडी एक जना एमबिबिएस डाक्टर नहुँदा बझाङका नागरिकले धेरै दुख पाए भन्ने समाचार धेरै पटक लेखेको अनुभब छ म संग । अरु कुरा जस्तो भएपनि जिल्ला अस्पताल बझाङले दिने सेवा चाही कस्तो छ भन्ने नै प्रमुख कुरा हो । अस्पतालले दिने स्वास्थ्य सेवा पहिलोको तुलनामा धेरै राम्रो छ । सामान्यतया धनगडीका हस्पीटलको तुलनाको सेवाहरु यहाँबाट पाउनु भनेको सकरात्कम मात्र होइन सम्रग बझाङको बिकासको एक ईटा समेत थपिएको मेरो ब्यक्तिगत अनुभव हो । मैले सेवाग्राही भएर चार दिन सम्म हस्पीटलमा बस्दा आफुहरु अनिन्दा्र बसेर पनि बिरामीहरुको हेरचारहमा अहोरात्त्र खटिने ति स्वास्थ्यक्रर्मी ज्युहरुलाई घेरै धन्यबाद भन्न छुटायो भने पाप लाग्ला । जो हाम्रो सेवाका लागी जतीबेला बोलायो आउनुभयो । सान्त्वना दिनुभयो । उपचारमा संलग्न डाक्टरहरु जो म उहाँहरुलाई जिउँदो भगवानका रुपमा सम्मान गर्छु उहाँहरुलाई समेत हार्दिक घन्यबाद् । पटक पटक मैले बोलाएको बेला आई दिनुभयो । सुझाव सल्लाह र परामर्ष दिनुभयो । मैले एक बिरामी कुरुवाका हैसिहयतले यो मेरो ब्यक्तिगत डायरीमा घेरै कुराहरु नअटाएका होलान नै । तर स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रलाई जनता प्रति उत्तरदायि बनाई , स्वास्थ्य सेवालाई भरपर्दो ,बिश्वसनिय र गुणस्तरिय बनाउनका लागी मेरो कलमको भुमिका जहिले पनि हुनेछ । बाँकी अर्को प्रसंगमा
लेखकः नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष , खप्तड आवाज डट कमका प्रधान सम्पादक पनि हुन् ।