बझाङ,साउन २८ गते ।बझाङको धार्मिक ऐतिहासिक तथा पर्यटकीय सुर्मादेवी बिरिजात मेलाको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।सुर्मा देवी बिरिजात मेलाको अवसरमा सुर्मा समाज सुधार युथ क्लबले आयोजना गरेको भलिबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।
भलिबल प्रतियोगितामा बिके विराट कठायत स्पोर्ट क्लब प्रथम भएको छ । भने द्वितिय आयोजक ए टिम भएको छ। त्यस्तै तृतीय थलारा गाउपालिका भएको छ, भने सान्त्वना छबिस पाथिभेरा गाउँपालिका भएको हो।
भलिबल प्रतियोगिताको प्रथम टिमले १ लाख १ हजार ४ सय ४४ रुपैयाँ सहित ट्रफी मेडल प्रमाणपत्र ,द्वितिय ४० हजार सहित ट्रफी मेडल प्रमाणपत्र तृतीयले २० हजार र शान्तनाले ६ हजार सहित ट्रफी मेडल प्रमाणपत्र पाएका छन् ।