बझाङबाट १२ किलो चरेस सहित एक जना पक्राउ

  कल्पना उपाध्याय  138 पटक हेरिएको


बझाङ,साउन १९ गते ।बझाङबाट लागु औषध चरेर सहित एक जना पक्राउ परेका छन । जिल्लाको वित्थडचिर गाउँपालिका – ८ बागथालाबाट १२ किलो चरेस सहित दार्चुलाको शैल्यशिखर–१ बस्ने ४३ वर्षीय विरेन्द्रबहादुर खडायत पक्राउ परेका हुन ।

सदरमुकाम चैनपुरदेखि महेन्द्रनगर तर्फ गइरहेको सु.प.प्र.०२००१ ख १११९ नम्बरको बसमा सवार खडायतलाई अस्थायी प्रहरी पोष्ट बागथालाले चेकजाँच गर्दा उनको साथबाट चरेश बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनलाई अहिले नियन्त्रणमा लिएर जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपि ज्ञान बहादुर विष्टले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार