बझाङ,साउन १४ गते । बझाङको थलारा गाउँपालिका घर भएकी एक सुत्केरी महिला र नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ ।
थलारा गाउँपालिका १ सिम्टोलाकी २० वर्षीय सृजना सुनार र उनले जन्माएको नवजात शिशुको शनीबार डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
सृजनालाई बेहोस अवस्थामा अस्पतालमा ल्याए पश्चात उहाँ र नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनलाई गर्भाअवस्थामा छारे रोगको समस्या देखिएको प्रहरीले बताएको छ । आमा र बच्चाको शव आफन्तले बुझिसकेको प्रहरीले जनाएको छ ।