बझाङको थलारा मावि खोलीमा तिन वर्षे सिभिल इन्जिनियरिङ कोर्षका लागि भर्ना सुरु

  कल्पना उपाध्याय  334 पटक हेरिएको

बझाङ,साउन १३ गते ।बझाङको थलारा माध्यमिक विद्यालय खोलीमा तिन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कोर्षका लागि भर्ना कार्यक्रम सुरु भएको छ ।
शैशिक सत्र २०७९÷०८० मा तिन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कोर्ष अध्ययन गर्न इच्छुक एसएलसी वा एसईई उत्तिर्ण गरेका विद्यार्थीहरुका लागि भर्ना कार्यक्रम सुरु गरिएको हो।

अध्ययन गर्न चाहाने इच्छुक विद्यार्थीहरुलाई २०७९ साल साउन १३ गते देखि साउन २६ गते सम्म प्रवेश परिक्षाको फाराम वितरण गरिने विद्यालयका प्रध्यानाध्यापक सेर बहादुर चौहानले बताउनुभयो ।

उहाँका अनुशार ४८ जनाको कोटामा चार जनालाई सिटिइभिटि अन्तरगत र एक जना इन्टान्समा उत्कृष्ट नम्वर ल्याउने गरि पाँच जनालाई पुर्ण छात्रवृतिको व्यवस्था गरिएको छ ।शुक्रबार विद्यालयले एक सुचना जारी गर्दै सो कुरा अवगत गराएको हो। भर्ना गर्न इच्छुक विद्यार्थीहरुलाई सुचना प्रकाशित भएको मितिले १० दिन भित्र विद्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार