वरिष्ठ लोकदेउडा गायक हरिसचन्द्र कडायतको निधन

  खप्तड समाचारदाता  192 पटक हेरिएको

बझाङ,साउन ११ गते ।वरिष्ठ लोकदेउडा गायक हरिसचन्द्र कडायतको निधन भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला घर भएका ५४ वर्षीय गायक कडायतको बुधबार उपचारका क्रममा निधन भएको हो ।

एक हप्ता अघि मस्तिष्क घातले धनगढीस्थित नवजीवन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गायक कडायत २०५० सालदेखि देउडा गायन सक्रिय रहेका थिए । उनका ‘कर्णालीका भेल’‘बझाङी काल्या’ ‘ल बिणी खान्या की’लगायत गीतले चर्चा पाएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार