बझाङमा पहिलो पटक मिस एण्ड मिस्टर बझाङ कार्यक्रम आयोजना गरिने

  कल्पना उपाध्याय  1159 पटक हेरिएको

 


कल्पना उपाध्याय,बझाङ। बझाङमा पहिलो पटक फस्ट मिस एण्ड मिस्टर बझाङ सो कार्यक्रम आयोजना हुने भएको छ । राष्ट्रिय संगितकर्मि संघ बझाङका अध्यक्ष अबिनाश थापा काजीको अध्यक्षतामा कार्यक्रम सञ्चालन हुने भएको हो ।

उक्त सो कार्यक्रममा अन्तराष्ट्रिय मोडेल तथा फेसन सो का जज समेत रहनु भएका दिपक घिमिरे लागायत का जजहरु रहने कार्यक्रम छ।आफ्नो जिल्लामा पनि यस प्रती इच्छा भएका तर राम्रो प्लेटफम नपाएका हरुलाई अवसर प्रदान गर्न यो सो को आयोजना गर्न लागिएको संचालक अबिनाश थापा काजि ले जानकारी दिनु भयो ।

“बझाङ जस्तो दुर्गम जिल्ला का युवामन हरुको लागि यो कार्याक्रम सन्चालन गर्ने भयका छौ ,सो कार्याक्रममा प्रथम हुने लाई आवश्यक पुरस्कार सहित बिभिन्न कार्यक्रमको लागि सहयोग गर्ने र बझाङ्गका हरेक क्षेत्रका युवा र युवतिहरुको क्षमतालाई बाहिर प्रष्फुटन गरि नेपाल अधिराज्य भरी प्रभावकारी ढंगले एक छुट्टै पहिचान बनाउन विशेष सहयोग पुर्याउने उदेश्यका साथ यो कार्यक्रम आयोजना गर्न लागेका हौ कार्यक्रम संचालक थापाले भन्नुभयो” । उक्त सो कार्यक्रम यहाका युवा र युवतिहरुको लागि यो एउटा सुनौलो अबसर हुने पनि उहाँले बताउनुभयो ।

सो कार्यक्रम अब को केही महिना भित्र नै सन्चालनमा ल्याउने तयारी छ, अहिले तत्काल गर्दा बर्खायामको मौसमले अलि असर पर्ने भयको हुदाँ अर्काे महिना सहि समय मिलाएर गरिने भएको छ । सो कार्यक्रमको लागि आबेदन फारम समेत केही दिनमै खुलाउने र फारम लगतै अडिसनका लागि कक्षा समेत सुरु गर्ने गरि सो कार्यक्रम लाई अगाडी बढाउने पनि संचालक थापाले दाबि गर्नु भएको छ । सो कार्यक्रमका लागि स्पोन्सर गर्न चाहाने होटेल व्यवसाय, पार्लर र बुटिक हरु सङ्गै विभिन्न सस्थाले समेत स्पोन्सर गर्न सक्ने छन ।कार्यक्रमका लागि १५-२७ वर्ष उमेर समुहका व्यक्तिहरुले आवेदन दिन सक्ने व्यवस्था छ ।

विशेष गरि सो सो को लागि ड्रेसअपहरु त्यतिकै आवस्यक परेको हुदा फेसन डिजाइनर लगायत ड्रेस डिजाइनर को पनि आबस्यकता पर्ने भयको हुदा सो सीप भयका ब्यक्तिले पनि सम्पर्कमा आउन समेत अनुरोध गरिएको छ।बझाङ जिल्ला मै पहिलो पटक आयोजना हुने उक्त सो ले एउटा व्यवसायिक पाटो मात्र नभइ बझाङ जिल्ला को कला संस्कृती भेषभुषा लाई दुनिया सामु पहिचान गराउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार