बझाङ,असार २८ गते ।बझाङ जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच पुर्ण खोप सुनिश्चितताका ,निरन्तरता र दिगोपनाका लागी जिल्ला घोषणा गरिएको हो ।
जिल्लाका सबै पालिकाहरुले खोपको सुनिश्चितता र दिगोपनाका लागी घोषणा गरिए पछि एक औपचारिक कार्यक्रमका बिचमा घोषणा गरिएको हो जिल्लाका १२ वटै स्थानीयतहहरु पालिकाका प्रमुखहरुले खोपको दिगोपना र निरन्तरताका लागी प्रतिबद्घता समेत जाहेर गरेका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका संयोजक नरबहादुर बोहराले जिल्लामा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वय्म सेबिकाको भुमिकाले खुलेर प्रंससा गर्दै यसको दिगोपनाकालागी सबैले मिलेर लाग्नु पर्ने बताउनुभयो । जिल्ला अस्पतालका प्रमुखभानु जोशीले जिल्लामा ८९ प्रतिसतले खोप पाएको बताउँदै यसलाई बढाएर लिनु पर्ने समेत बताउनुभयो ।
कार्यक्रममाजिल्ला अस्पताल बझाङकाप्रमुख डाक्टर नबराजाजोशी, जयपृथ्बी नगरपालिकाका प्रमुख चेतराज बजाल , प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले आआफ्नो धारणा राख्नुभयो ।कार्यक्रममा जिल्ला स्थीत सरकारी कार्यालयका प्रमुख, गैरसरकारी संस्थाका प्रतिनिधी , पत्रकार , महिला स्वास्थ्य स्वयम् सेबिका लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।