नेपाली काङ्ग्रेसको चुनाबी समिक्षा तथा नयाँ जनप्रतिनिधिहरुलाई बधाइ कार्यक्रम सम्पन्न

  खप्तड समाचारदाता  150 पटक हेरिएको


बझाङ,असार २६ गते ।नेपाली काङ्ग्रेसको चुनाबी समिक्षा तथा नयाँ जनप्रतिनिधिहरुलाई बधाइ कार्यक्रम सम्पन्न भएको छ । आज खप्तड छान्ना गाउपालिका ४ पसलबगर स्थित विपी स्मृती भवनमा नेपाली काङ्ग्रेस खप्तड छान्ना गाउपालिका कार्यसमितिको आयोजनामा बधाइ कार्यक्रम समपन्न भएको हो ।

नेपाली काङ्ग्रेसका कार्यसमिति सभापती विष्णुभक्त जोशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथिमा नेपाली काङ्ग्रेस जिल्लाकार्य समिति उपसभापती वर्कबहादुर रोकाया रहनुभएको थियो । यस्तै विशिष्ट अथितिमा नेपाली काङ्ग्रेस जिल्लाकार्य समितिका सचिव एवम खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तम बहादुर रोकाया र अथितिहरुमा जिल्ला कार्यसमितिका प्रवक्ता एबम खप्तडछान्ना गाउँपालिकाका वडा.७ का वडाध्यक्ष्य रमानन्द जोशी रहनुभएको थियो । कार्यक्रममा निर्वाचनमा भएका चुनौती, प्रगतीको समिक्षा गर्दै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ तथा सम्मान गरिएको छ ।

आगामि दिनहरुमा चाल्नुपर्ने कदमहरुको बारेमा विष्लेशण गरिएको छ । गत बैशाख ३० मा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा आफ्नो पार्टिलाई सम्पुर्ण गाउँपालिकाबासीहरुले विश्वास गरेर विजय गराएको र अझै जनताको मनजित्न सदैव लागिपर्ने खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तम बहादुर रोकायाले बताउनुभएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेसका सम्पुर्ण नेता,कार्यक्रता र शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।

बैठक बाट स्थानिय तहको निर्वाचनमा पाटिका बिरुद्ध स्वतन्त्र उम्मेदवार , स्वतन्त्र उम्मेदवारका प्रस्तावक र समर्थकहरु कार्वाही गर्ने निर्णय गरेको छ । यसका साथै कार्वाहीका लागि वडाको सिफारिसमा , गाउकार्य समितिले माथिल्लो तहमा सिफारिस गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार