जिल्लामा बिबाद भएपछि एमालेको जिल्ला अधिबेशन स्थगित

  खप्तड समाचारदाता  129 पटक हेरिएको

बझाङ,असार २६ गते । नेकपा एमालेको जिल्ला अधिबेशन जिल्लामा भएको बिबादका कारण अन्तिम समयमा आएर स्थगित गरिएको छ । असार २२ गते देखि संचालन भई रहेको अधिबेसन सम्पुर्ण तयारी पुरा भई सके पछि एका एक अधिबेसन स्थगित भएको थियो । उत्साहित भएर अधिबेसनमा आएका  एमालेका जिल्ला स्थरका नेता कार्यकता निरास भएर घर फर्केका छन् । पार्टी भित्रको चरम गुटबन्दी र अस्वस्थ्य प्रतिस्पर्दाका कारण एकले अर्कोलाई दोष लगाउँदै निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको हो ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज भैरब बहादुर सिंहले सनिबार  बिधि र प्रकृया नपुगेको  आईतबार बिहान देखि हुने भनिएको निर्वाचन रोक्नका लागी निर्वाचन कमिटीलाई पत्राचार गरि रोक्नका लागी अनुरोध गर्नु भएको थियो ।

उहाँले पत्र मार्फत निर्वाचन प्रकिृयामा जादै गर्दा प्रतिनिधिहरुको स्पष्टता,सहभागिता र पहिचान समेत नभएको अवस्था देखिएको बताईएको छ । उम्मेदवारी दिएका अधिकांश उम्मेदवारहरुको मापदण्ड नपुगेको,उजुरी परेको, पार्टीले तोकेको लेबि दायित्व नउठेको, नेतृत्व चयन सम्बन्धि सर्व सम्मत गर्ने सहमति उल्लंघन भएको र निर्वाचन पुरै धाँधलीयुक्त हुने देखिएकाले छानविन गरेर मात्र हुने भएकाले एर्को सुचना नभए सम्मका लागि अधिवेशन स्थगित आग्रह गर्नु भएको थियो । यता निर्वाचन कमिटीले एक सार्बजनिक सुचना प्रकाशित गरि अध्यक्ष मण्डलले बिना आधार निर्वाचन कमिटीलाई आरोप लगाएका उल्लेख गरिएको छ । पाटी संगठनले प्रमाणित गरि निर्वाचन कमिटीलाई बुझाएको बिषयमा अनाबस्यक तथ्यहिन कुरा गरेको उल्लेख गरिएको छ ।

अधिबेशनबाट हिजो नै अध्यक्ष पदमा दमन भण्डारी सर्बसम्मत चयन भइसकेका छन् । अधिबेशनको ४ दिन देखि चलेको कडा रस्साकस्सी पछी भण्डारी लाई अध्यक्ष पदमा टुंगो लगाएको छ । त्यस्तै सचिवमा नयन बोहरा, लोकेन्द्र हिलारी, लोकेन्द्र बहादुर सिंह (एलवी) र आनन्दलाल विक गरी ४ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा मोहनराज जोशी र विरेन्द्र बहादुर खड्का गरी २ जनाको उम्मेदवारी परेको छ । यस्तै उपसचिवमा भागरथी देवी सिंह, लाल बहादुर विष्ट, जुना जाग्री, घुरन बहादुर बोहरा र भुवनेश्वर उपाध्याय गरी ५ जनाको उम्मेदवारी परेको छ ।खुल्ला सदस्य १४ जनाका लागि ३४ जनाको उम्मेदवारी परेको छ । ८ जना खुल्ला महिला सदस्यका लागि १० जनाको उम्मेदवारी परेको नेकपा एमाले जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत दिनेश धामीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार