नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान

  खप्तड समाचारदाता  147 पटक हेरिएको

बझाङ,असार १७ गते ।नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियन बझाङले नेपाली काङ्ग्रेसका तर्फ स्थानीय तहमा निर्वाचित अध्यक्ष तथा उपाध्यक्षलाई बधाई तथा सम्मान गरेको छ । युनियनको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित जनप्रतिनिधि ज्युहरुलाइ फुलमाला तथा खादा लगायर सम्मान गरिएको हो ।

कार्यक्रम मा निजामती कर्मचारीको ब्यवस्थापन र उनिहरुका पिरमर्का लाई बुझ्न आग्रह गरिएको छ । साथै राष्ट्र सेवक कर्मचारीहरुलाइ स्वच्छ ,निस्पक्ष र भय रहित बातावरणमा काम गर्ने वातावरण बनाइ दिन हुन समेत आग्रह गरिएको युनियनका अध्यक्ष मेनका देबि सिंहले बताउनुभयो ।

कार्यक्रममा नेपाली काग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका पार्टी सभापति तथा सुर्मा गाउपलिका अध्यक्ष खडक बहादुर बोहराले जनप्रतिनिधि र राष्ट्र सेवक कर्मचारीका बिचमा समन्वय गर्न आवस्यक रहेको बताउदै सबै ठाउमा निष्पक्ष भएर काम गर्न समेत आग्रह गर्नभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार