खप्तड छान्ना गाउँपालिकाको जनमुखी निती, एमबिबिएस पढ्ने बिद्यार्थीलाई अनुदान दिने देखी उध्योग दर्ता निशुल्क सम्म

  खप्तड समाचारदाता  509 पटक हेरिएको


बझाङ । गाउँपालिका भित्रका सामुदायिक बिद्यालयमा अध्यायन गरि एमबिबिएस डाक्टर अध्यायनका लागी सम्बन्धीत निकायबाट छानैट भएका बिद्यार्थीहरुका लागी खप्तड छान्ना गाउँपालिकाले अनुदान सहयोग गर्ने भएको छ । खप्तडछान्ना गाउँपालिका भित्र एमबिबिएस पढेका बिद्यार्थीको सख्या कम भएकाले डाक्टर पढ्न ईच्छुक बिद्यार्थीहरुका लागी पैसाको अभाबले पढाई बन्चित नहोस भनेर पालिकाले यस्तो खालको निर्णय गरेको हो ।
गाउँपालिकाको दोस्रो गाउँ सभाको पहिलो अधिबेसनबाट एमबिबिएस पढने बिद्याथीहरुका लागी जम्मा लागतको १० प्रतिसत अनुदान सहयोग गर्ने लयागतका अन्य जनहिकारी आर्कषण निती तथा कार्यक्रम ल्याएको छ । बिहिबार गाउँपालिकाको गाउँ सभामा दोस्रो कार्यकालका निर्वाचित जनप्रतिनिधीहरुले अघिल्लो कार्यकालमा पेश भएका निती तथा कार्यक्रम भन्दा लोकप्रिय कार्यक्रमहरु ल्याएपछि छान्ना बासीहरुमा उत्साह जागेको छ ।

आप्नै लगानीमा एमबिबिएस तथा जियोलोजी पढने बिद्यर्थीहरुलाई दुई बर्ष पालिकामा काम गर्ने अनिवार्य सर्त सहित अनुदान दिने निती ल्याएको हो । यसलाई कार्यबिधी मार्फत ब्यवस्थित गरिने बताइएको छ । गाउँपालिका उपाध्यक्ष बिष्णु कुमार थापाले प्रस्तुत गर्नुभएको निती ताथ कार्यक्रममा पालिकाको शिक्ष , स्वास्थ्य, जिबकिोपार्जन , पुर्वाधार निर्माण , पर्यटन लगायतका सर्ब साधारण नागरिकहरुको प्रतक्ष जिवनमा फाईदा पुग्ने निती तथा कार्यक्रमले सम्बोधन गरेको छ । ४० करोड ५० लाख ४८ हजार रुपयाँ बजेट प्रस्तुत गरेका उपाध्यक्ष थापाले एकल महिला , आर्थिक तथा सामाजिकरुपले बिपन्न दलित लाई गाउँपालिकामा उद्योग दर्तामा निशुल्क, एक गाउँ एक नर्सरी , जेष्ठनागरिक निशुल्क घरदैलो उपचार कार्यक्रम, बिद्यार्थीहरुलाई बिद्यालयमा निशुल्क स्वास्थ्य परिक्षण तथा परामर्ष कार्यक्रम, भष्टाचार न्युनिकरणमा ब्यापक युवा परिचालन कार्यक्रम, उत्कृष्ट काम गर्ने शिक्षकलाई अध्यक्ष शैशिक एवार्ड कार्यक्रम , बाढी पिडित नागरिकहरुलाई जिबिकोपार्जन सुधार गर्न प्रथमिकतामा राख्न समेत जोड दिएको छ । “विकासमा प्रतिवद्ध, आर्थिक रुपमा समृद्ध” नारा लिएको दोस्रो गाउँ सभाले गाउँपालिका गत बर्षमा आएके अबिरल बाढी पहिरोबाट क्षती भएका संरचनाको पुर्ननिर्माण, बाढी पिडत नागरिकहरुलाई राहत तथा पुर्नर स्थापनाका लागी पहल गर्ने निती लिएको छ । पर्यटकिय क्षेत्रको सम्भावना रहेको यस पालिकामा खप्तड क्षेत्रको पर्यटन बिकासलाई मुख्य आर्थिक मेरुदण्डका रुपमा लिने अध्यक्ष उत्तम रोकायाले बताउनुभयो । उहाँले सिमित स्रोत साधनलाई परिचालन गरि बिषेस गरि शिक्षा,स्वास्थ्य,पर्यटन,भौतिक पुर्वाधार निर्माणमा समेत जोड दिएको समेत बताउनुभयो । गाउँ सभाबाट चार वटा बिधेयक समेत पारित गरिएको छ भने निती तथा कार्यक्रम माथी शुक्रबार छलफल गरिने सुचना अधिकारी ऐन रोकायाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार