जयपृथ्वी राजमार्ग अन्तरगत खोड्प बझाङ सडकखण्ड अबरुद्ध

  कल्पना उपाध्याय  149 पटक हेरिएको


बझाङ,असार ६ गते। जयपृथ्वी राजमार्ग अन्तरगत खोड्पे बझाङ सडक खण्ड अबरुद्ध भएको छ । हिजो राती देखि निरन्तर परेको पानिले सडक चिप्लो हुदाँ बित्थडचिर गाउँपालिकाको देउलेख बजारमा बाटोमा बस फसेको र जयपृथ्वी राजमार्ग अबरुद्ध भएको हो ।

धनगढी बाट बझाङका लागि छुटेको ना ४ ख ९७४६ नम्बरको बस आज बिहान ५ बजे देउलेख बजार सडकको छेउमा रहेको नालिमा फसेको हो ।अहिले उक्त बस नालीबाट निकालीएको छ फेरि काठमाडौ देखि बझाङका लागि छुटेको बस नालिमा फसेको बताइएको छ ।

देउलेख बजारमा गाडीहरू जाम भएका छन् । गाडीहरू जाम भएपछि जिल्ला आउने र जिल्ला बाहिर जाने यात्रुहरु ५ घण्टादेखि अलपत्र परेको र राजमार्ग सुचारु हुन अझै समय लाग्ने सहकर्मि सुनिल मण्डेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार