अध्यक्ष रोकायाले मागे आर्थिक बर्षको निती तथा कार्याक्रमकालागी आम नागरिकलाई सुझाव

  कल्पना उपाध्याय  389 पटक हेरिएको

बझाङ,असार ५ गते। खप्तड छान्ना गाउँपालिकाले आगामी आर्थिक बर्षको निती तथा कार्याक्रमका लागी गाउँपालिकाले आम नागरिक लाई सुझाव मागेको छ ।  गाउँपालिकाको निती तथा कार्यक्रम बनाउने समय भएकाले गाउँपालिकाले एक सार्बजनिक सुचना निकाली सुझाव मागेको हो ।

गाउँपालिकामा कस्तो खालको योजना तथा निती बनाउने भन्ने बिषयमा आम नागरिकको सुझावका लागी माबाईलमा सम्र्पक गर्न आग्रह गरिएको छ । गाउँपालिका अध्यक्ष उत्तम  रोकायाले समग्र छान्ना क्षेत्रको बिकासका लागी सबैले हातेमालो गरेर सबैका महत्वपुर्ण सुझाव लिएर काम गर्ने बताउनुभयो । उहाँले बजेट तथा कार्यक्रम बनाउदाँ सबैको अपनत्वका साथै वास्तबिक आबस्ीयकतालाई ध्यानमा राखेर साझा मागहरुलाई प्रथमिकतामा राखेर अगाडी बढ्ने बताउनु भयो ।

उहाँले बिषेस गरि शिक्षाको गुणस्तर सुधार , स्वास्थ्य क्षेत्र, युवा स्वारोजगार , पर्यटन , बाढी पिडितको ब्यवस्थापन लगायतका गाउँपालिकाका सबै क्षेत्रमा सुझाव दिन राजनितीक दल , नागरिक समाज , कर्मचारी लगायत आम नागरिकलाई अह्वान गरिएको समेत बताउनुभयो । यस्तै गाउँपालिकाले असार ६ गते देखि बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म सेवा दिने निर्णय गरेको छ । गाउँपालिकामा सेवाग्राहीको चापलाई मध्ये नजर गर्दै अर्को सुचना नभए सम्मका लागी दिनको १२ घण्टा सेवा दिने निर्णय गरेको हो ।गाउँपालिका अध्यक्ष उत्तम रोकायाले सेवाग्राहीहरु चडो सेवा दिने उदेस्यले दिनको १२ घण्टा सेवा दिने बताउनुभयो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार