दुई जना पत्रकार वडा अध्यक्ष बनेकोमा पत्रकार महासंघ बझाङद्धारा बधाई, मिडिया मैत्री वातावरण वनाउन आग्रह

  खप्तड समाचारदाता  227 पटक हेरिएको


बझाङ । बझाङ जिल्लामा कार्यरत दुई जना पत्रकार २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भए संगै नेपाल पत्रकार महासंघ बझाङ बझाङ शाखाले बधाई तथा सम्मान गरेको छ । आईतबार बिहान नेपाल पत्रकार महासंघ बझाङ शाखाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि जिल्लाको खप्तड छान्ना गाउँपालिका –७मा वडा अध्यक्षमा निर्वाचित रमानन्द जोशी र सुर्मा गाउँपालिका –१मा निर्वाचित वडा अध्यक्ष दिनेश बोहरालाई बधाई तथा सम्मान गरेको हो ।
बधाई तथा सम्मान कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले पालिकाहरुमा मिडिया मैत्री वाताबरण बनाउन आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष शैलेन्द्र रोकायाले निर्वाचित सहक्रमीहरुलाई धन्यवाद दिदै अहिले पनि जानजिबिकाका मुद्धा अझै पनि सम्बोधन हुन नसकेकाले त्यस तर्पm बिषेस ध्यान दिन आग्रह गर्नुभयो । उहाँले पालिकाहरुमा आर्थिक अनियमितताको गन्ध आई रहेकाले पत्रकार नै जनप्रतिनिधी भएको पालिकामा सुशासन , बित्तिय अनुसासन , बिकास र समृद्धिका एजेण्डाहरुमा बिषेस ध्यान दिई काम गर्न अनुरोध गर्नुभयो । अध्यक्ष रोकायाले स्थानीय स्तरमा रहेका मिडिया र पत्रकारहरुको दक्षता , क्षमता र ब्यवस्थापन गर्ने मुख्य दायित्व समेत स्थानीय सरकारको रहेको स्मरण गराउँदै सबै पालिकामा मिडिया मैत्री वातावरण तयार गर्नका लागी सबै पक्षलाई अनुरोध समेत गर्नुभयो । कार्यक्रममा बोल्दै पत्रकार महासंघ बझाङका पुर्व अध्यक्ष जगदीस रोकायाले पत्रकारिताको क्षेत्रबाट गएका जनप्रतिनिधीहरुले आफ्नो वडा तथा पालिका नमुना बनाउनु पर्ने बताउँदै शुशासनका क्षेत्रमा राम्रो काम हुनेछ भन्ने अपेक्षा राखेको बताउनुभयो ।


त्यस्तै कार्यक्रममा बोल्दै सामुदायिक रेडियो प्रसारक संघका सुदूरपश्चिम संयोजक जगत खड्काले मोफसलका मिडियाहरु र पत्रकारहरुको हितका लागी स्थानीय सरकारको ठूलो भुमिका हुने बताउँदै अबका दिनमा पालिकाहरुमा समेत मिडिया मैत्री बातावरण हुने अपेक्षा राखेको बताउनुभयो । उहाँले निर्वाचित वडा अध्यक्षलाई घन्यबाद दिदै आगामी दिनमा पत्रकारहरु संग समेत समन्वयकारी भुमिका खेलेर अगाडी बढ्न आग्रह गर्नुभयो ।
पत्रकार जोशी लामो समय देखि बझाङमा काम गर्दै आउनुभएको थियो भने प्रेस युनियन बझाङका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पुर्व प्रदेश पार्षद हुनुहुन्थ्यो । पत्रकार बोहरा नेपाल पत्रकार महासंघका सदस्य तथा प्रेस युनियका सदस्य र खप्तड आवाज डटकम संग आबद्ध हुनुहुथ्यो । कार्यक्रमा बझाङ जिल्लामा कार्यरत पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार