उच्च रक्तश्रावका कारण एक युवतीको मृत्यु

  खप्तड समाचारदाता  306 पटक हेरिएको

बझाङ । सुत्केरी भएकी जना युवतीको उच्च रक्तश्रावका कारण मृत्यु भएको छ । सुत्केरी ब्याथा लागे पछि जिल्ला अस्पताल बझाङमा ल्याएकी छबिस पाथीभेरा गाउँपालिका – २ की २४ बर्षिया गंगा ऐडिको थप उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
जिल्ला अस्पाताल बझाङमा सुत्केरी भई सकेपछि अत्याधिक रक्तश्राव भएकाले थप उपचारका लागी बिहिबार नेपाली सेनाको हेलिकप्टर मार्फत कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । जिल्ला अस्पातालका डाक्टर मिलन खड्काले भन्नुभयो, “समान्य अबस्थामा सुत्केरी भएपनि पाठेधर नखुम्चीर अत्याधिक रक्तश्राव भई स्वास तथा मुटु समेत बन्द भयो । जिल्ला अस्पताल बझाङमा कार्यरत सबै चिकित्कसहरुको अथक प्रयास पछि कृतिम स्वास दिएर स्वास फर्काइ पाठेघरबाट बग्ने रगत समेत बन्द भएको थियो ”। उहाँका अनुसार मुटु र स्वास बन्द भएका कारण किड्नीमा समस्या आएपछि आईसियुमा राखी थप उपचार गर्नुपर्ने भएकाले राष्ट्रपती महिला उत्थान कार्यक्रम मार्फत उहाँलाई नेपाली सेनाको हेलिकप्टरमा कोहलपुर मेडिकल कलेजमा रेफर गरेको बताउनुभयो ।
कोहलपुर मेडिकल कलेजमा समेत उहाँको स्वास्थ्यमा सुधार नभएपछि आईतबार बिहान ऐडिको मृत्यु भएको हो । ऐडी छबिसपाथीभेरा गाउँपालिकाको कृषी शाखामा कार्यरत कर्मचारी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार