पत्रकार महासंघ बझाङ बैठक खप्तडमा , खप्तडको पर्यटन बिकासका लागी ८ बुदे घोषणा पत्र जारी

  खप्तड समाचारदाता  150 पटक हेरिएको


बझाङ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय क्षेत्र रहेको खप्तडको पर्यटन प्रर्वधन तथा बिकासका लागी नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङको पाचौ पुर्ण बैठकले ८ बुँदे खप्तड घोषणापत्र जारी गरेको छ । खप्तड राष्ट्रिय निकुञ्जको त्रिबेणी धाममा बसेकोे बैठकले खप्तड क्षेत्रको पर्यटन बिकास तथा प्रर्वधनका लागी सबै सरोकारबालाहरुको भुमिका महत्वपुर्ण हुने भन्दै ८ बुदे घोषणा पत्र जारी गरेको हो ।
खप्तडको पर्यटन पवद्र्वनका लागि हातेमालो भन्ने मुल नाराका साथ भु–स्वर्गको रुपमा परिचित बैठकले खप्तड तथा मध्यवर्ती क्षेत्रको धार्मिक, पर्यटन, सामाजिक आर्थिक र वातावरणीय विकासको लागि सरोकारवालाको ध्यानाकर्षण गर्न पत्रकार महासंघ बझाङ शाखाले ८ बुँदे खप्तड घोषणापत्र समेत जारी गरेको हो । नेपाल पत्रकार महासंघ बझाङ शाखाका शैलेन्द्र रोकायाले “खप्तड क्षेत्रको पर्यटन प्रर्वधनका साथै बिकासका लागी सबै सरोकारबाला पक्षहरुले गम्भिर भएर लाग्नु पर्ने भन्दै सबै सरोकारबालाहरुलाई ध्यानार्कषण गराउन घोषणा पत्र जारी गरेको बताउनुभयो । उहाँले अहिले खप्तड क्षेत्रमा पर्यटक आवागमनमा बृद्धि भए संगै बिभिन्न पुर्वाधार लगाएतका पर्यटकिय बिकासमा समेत जोड दिन आबस्यक रहेको समेत बताउनुभयो ।

घोषणा पत्र मार्फत सुदूुरपश्चिम प्रदेशको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको बिचभागमा पर्ने खप्तडलाई पर्यटनको अन्र्तराष्ट्रिय केन्द्रको रुपमा विकास गर्न नेपाल सरकारसंग नेपाल पत्रकार महासंघ बझाङ शाखाले माग गरेको छ ।
महासंघबाट जारी घोषणा पत्रमा बैठकबाट जारी धोषणा पत्रमा त्यस्तै आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनहरुका लागि पुजाआजा र घुमफेर गर्न खप्तड आकर्षण बन्दै गएकाले खप्तडमा आवश्यक पुर्वाधार र वातावरण निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न पनि महासंघले सरकार संग माग गरेको हो । खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसंग जोडिएका स्थानीय तहहरुमा होमस्टेको विकास, कला संस्कृतिको संरक्षण, जनचेतनाका साथै स्थानिय उत्पादन बृद्विका लागि आवश्यक पहल गर्न महासंघले घोषणापत्र मार्फत सरकारको ध्यानाकर्षण गराएको छ । खप्तड क्षेत्रमा आउने पर्यटकका साथै भक्तजनको सुरक्षा, खान, बस्न तथा सम्पुर्ण व्यवस्थापनको लागि आवश्यक प्रवन्ध मिलाउन सम्वन्धित निकायसंग घोषणा पत्रमार्फत महासंघले आग्रह गरेको छ ।


खप्तडको त्रिबेणी धाममा लाग्ने प्रशिद्ध धार्मिक मेला गंगा दशहराको शुभ साईत पारेर महासंघले आयोजना गरेको बैठकले खप्तडको मध्यवर्ती क्षेत्र अन्र्तगत भित्रिसडक निमार्णका लागि भइरहेका अनाधिकृत संरचनाहरुको निर्माण कार्य तथा जैविक विविधता माथी आक्रमणलाई रोक्न सरकारसंग महासंघले जोडदार माग गरेको छ । खप्तड क्षेत्र र यसको आसपासमा रहेको विभिन्न धार्मीक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेका मठ मन्दिर तथा धार्मिक स्थलको प्रचार–प्रसारमा सम्वन्धीत सबैलाई जुट्न घोषणा पत्र मार्फत महासंघले सबैमा आग्रह गरेको हो । खप्तड क्षेत्रको विकास तथा सम्वद्र्वनका लागि हुने गरेको बजेट विनियोजन रकमबाट पार्दशिता, प्रभावकारी र दिगो संरचना बनाउन सम्वन्धीत निकायको ध्यानाकर्षण गराउनुका साथै खप्तड क्षेत्रको विकास तथा सम्वद्र्वनका लागि सरकारी तथा गैरसरकारी निकायबाट गरेका पहल प्रयासहरुको लागि महासंघले बैठकबाटै धन्यवाद समेत ज्ञापन गरेको छ ।

उक्त बैठकले खप्तड भ्रमणमा आएका र आउने सोच बनाएका सबै पर्यटक र भक्तजनहरुलाई स्वागत तथा धन्यवाद समेत दिएको छ । खप्तड पर्यटन बिकास समितीका कार्यकारी निर्देशक भिम बहादुर खड्काले खप्तड पर्यटन क्षेत्रका लागी पछिल्लो समयमा बजेट न्युन हुने भएकाले सोचे जस्तो काम हुन नसकेको समेत बताउनुभयो । उहाँले अबका दिनमा सबै सरोकारबालाहरु संग मिलेर खप्तड पर्यटन बिकासका लागी एकिकृत कार्यक्रममा जोड दिईने समेत बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार