बझाङ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय क्षेत्र खप्तडको धार्मिक एबम् ऐतिहासिक क्षेत्र त्रिबेणी धाममा नेपालका प्रख्यात योग गुरुहरुबाट योग शिबिर संचालन गरिएको छ । नेपाली सेना , खप्तड पर्यटन बिकास समितीको आयोजनामा गंंगादशहरा मेलाको अबसरमा बिहिबार योग शिबिर संचालन गरेको थियो ।
हिन्दु नेपालीहरुको आस्थाको केन्द्र समेत रहेको खप्तड क्षेत्रमा नेपालका ख्याती प्राप्त योग गुरुहरुले प्रबचनका साथै योगासन समेत गराउनु् भएको थियो । योगगुरु डा. चिन्तामणीनाथ योगी , ब्यासाचार्य किशोर गौतम, योगाचार्य पुष्पराज पुरुषले संयुक्तरुपमा योग शिबिर तथा प्रवचन सुनाउनु भएको थियो । हिन्दुहरुको ग्रन्थ पुराणमा समेत खेचराद्री प्रर्वतका रुपमा बर्ण गरिएको खप्तड क्षेत्रमा १४ बर्ष बनवास हुदाँ केही समय पाण्डबहरु यहाँ लुकेर बसेको किंबदन्दी समेत छ । धार्मिक पर्यटनको समेत ठूलो सम्भावना रहेको यस क्षेत्रको प्रचार प्रसार हुन नसक्दा अझै पनि ओझेलमा परेको यहाँका स्थानीयको भनाई छ ।
३३ कोटी देवताको बास स्थान समेत रहेको यस क्षेत्रमा धार्मिक पर्यटनका रुपमा मात्र पनि बिकास गर्न सकियो यहाँका स्थानीयहरुको जिबिकोपार्जनमा समेत ठूलो टेवा पुग्ने योग गुरु डा. चिन्तामणी नाथ योगीले बताउनुभयो । उहाँले यस क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्वका बारेमा समेत अझै सम्म पनि प्रचार प्रसार हु्न नसकेकाले यस क्षेत्रमा बृहत महायज्ञ लगाएर राष्ट्रिय तथा अन्र्तराष्ट्रिय योग गुरु, धार्मिक गुरुहरु , आर्युबेदिक शिबिर लगायतका बिभिन्न शिबिर सहितको सम्मेलनको आयोजना गरेको खण्डमा यस क्षेत्रको महिमा र गरिमा अझै राम्रो हुने समेत बताउनुभयो ।
प्रकृतीको अनुपम बरदान समेत रहेको यस क्षेत्रलाई प्रचार प्रसारमा टेवा पुग्ने हिसाबले यहाँ योग शिबिरको आयोजना गरेको नेपाली सेनाका पश्चिम कमाण्ड प्रमुख प्रेमबहादुर शाहीले बताउनुभयो । उहाँले खप्तड क्षेत्रको धार्मिक ईतिहास हिन्दु धर्मका बिभिन्न पुस्तकहरुमा समेत बिभिन्न तरिकाले बर्णन गरिएको भएपनि यस क्षेत्रको वास्तबिक रुपमा धार्मिक हिसावले परिचय हुन नसकेको समेत बताउनुभयो । योग शिबिर तथा प्रवचन कार्यक्रमा गुरुहरुले यस क्षेत्रको महिमा गरिमाका बारेमा जानकारीका साथै जिवन सफल ,स्वस्थ्य बनाउने उपायहरुका बारेमा समेत जानकारी दिनुभएको थियो । गगांदशहरा मेलाको अबसरमा नेपाली सेना, डोटी उद्योग बाणिज्य संघ, खप्तड पर्यटन बिकास समिती र मध्यवर्ती क्षेत्र बिकास समितीको आयोजनामा खप्तडबाट डोटीको शैलेश्वरी मन्दीर सम्म म्याराथुन दौड , भलिवल प्रतियोगिता लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो ।
भु स्वर्गका रुपमा समेत बर्णन गरिएको खप्तड एक प्रकृतिको अनुपम उपहार हो । जहाँ आँखाले नभ्याउने विशाल फाँटहरु, हिउँदमा सेताम्मे र बसन्त ऋतुमा रंगीविरंगी फूलले ढकमक्क हुने भएकाले धार्मिक हिसावले मात्रै होईन पर्यटकिय हिसावले पनि यसको महत्व धेरै भएको स्थानीय जानकारहरु बताउछन् । खप्तडमा २२ पाटन र ५२ झोती रहेको खप्तडमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खपर दह (खप्तड ताल), शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, माइका थान, छिन्तेढुंगा, केदारढुंगा, डाँफेकोट, सीता पाइला, घोडादाउन पाटन, नाचन्थली, बलेमेला, पाटन जेठी बहुरानी ढुंगा, भलाउने पाटन, जस्ता धार्मिक स्थलहरुले पर्यटकका लागी आर्कषकका केन्द्र बिन्दु मानिन्छन् ।
पौराणिक कालमा सिद्घ तथा ऋषिमुनीहरुले तपस्या गरेको यस क्षेत्र पुराणमा समेत ‘खेचरादी’ पर्वतका रुपमा समेत वर्णन गरिएको छ । खेचरादी पर्वतको नाम बिस्तारै खप्तड रहन गएको भन्ने जानकारहरु बताउँछन्। पौराणिक कालमा कौरव र पाण्डवको युद्ध हुँदा पाण्डवहरुले चौध वर्ष वनबास बस्दा केही समय खप्तडमा बिताएको किम्वदन्ती रहेको छ । खप्तडमा दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट थुम्का (झोती) बनेका भन्ने पनि किम्वदन्ती रहेको छ । यस बर्ष दशहरा मेलालाई ब्यबस्थित बनाउन जाड रक्सी पूर्णरुपमा बन्देज गरिएको छ । नागरिकहरुलाई स्वस्थ्य उपचारमा सहजहोस भनि नेपाली सेनाले स्वास्थ्य शिबिरको आयोजना समेत गरिएको छ ।
खप्तड क्षेत्र ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो। खप्तडमा खप्तड बाबाको आगमनपछि स्थानीयले राजा बिरेन्द्रलाई आग्रह गर्दा २०४२ सालमा खप्तडलाई राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको थियो।