बझाङ, जेठ २१ गते ।बझाङको जयपृथ्वीनगरपालिकावडा नम्बर १ भडारमा अज्ञात रोगकाकारण ६ जनाशिशुको मृत्यु भएको छ । गएको बर्ष देखि हाल सम्म ६ जनाको मृत्यु भई सकेको छ भने ३ जनालाई उपचारकालागी धनगडी रिफर गरिएको छ ।
भडार निबासीप्रतिमाबोहराले गएको चैत्र महिनामाशिशु जन्माउनुभयो । प्रतिमाबोहराको कोख बाट छोरो जन्मीए पछि उहाँमात्रै होईनन्, उहाँको परिवारका सदस्य र गाँउलेहरु समेत निकै खुःसि भए । प्रतिमाबोहरा र उनकाश्रीमान नरेश बोहरा पनिदंगभए । तर उहाँको परिवारको यो खुसीयाली धेरै टिक्न सकेन । भर्खर जन्मीएको नवजातशिशु स्वस्थ नै देखीन्थ्यो । आमाको दुधपनि राम्रो संग खान्थ्यो । एकाविहानै उहाँको परिवारका सदस्य र प्रतिमापनी घरको कामकालागी केही समयको लागीबाहीर निस्कनु भयो । १०।१५ मिनेटभित्रै प्रतिमा छोरालाई दुधखुवाउनकालागी घर भित्र पस्नुभयो । तर छोराले बान्ता गरी रहेको थियो । शिशुको बान्ताबाट रश्वास बाट पेट्रोलियमपदार्थको गन्धआई रहेको थियो । उक्तशिशुको उपचार गर्न नपाउदै मृत्यु भयो ।
यस्तै सोहीगाँउकी सन्तोला विष्टले पनिगएको माघ महिनमाशिशु जन्माउनुभयो । प्रतिमाको जस्तै उहाँको परिवारमापनिखुसियाली छाँयो । तर सन्तोलाको यो खुसियाली ५ दिनकालागीमात्रै सिमीतबन्नपुग्यो । सुत्केरी भएको ५ दिन सम्मउहाँले पाएको नवजातशिशु स्वस्थ देखीने आमाको दुध राम्रो संग खाने गरेको थियो । तर उनको शिशुले पनिप्रतिमाको छोरोको जस्तै लक्षण देखा पर्यो । छटपटिने, दिशापिसाबगर्ने, वाकवाकीगर्नुका साथै बान्तागर्ने जस्ता लक्षण देखापर्यो । केही समय अघि स्वस्थ रहेको नवजातशिशुले गरेको बान्ता र स्वसप्रश्वास बाट समेत पेट्रोलीयमपदार्थको जस्तो गन्धअएको सन्तोला विष्ट बताउन्छीन् । उहाँले भन्नुभयो, “यस्तो लक्षण देखाएको केही समय नपुग्दै छोराको मृत्यु भयो । राम्रो संग उपचार सम्मपनिगर्न पाईन् ।”
यो समस्याप्रतिमा र सन्तोलाको मात्रै नभई यहाँकानवजातशिशु जन्मदिने आमाहरुको हो । अहिले सम्म यस्तै समस्याकाकारण ६ जनाशिशुको मृत्यु भै सकेको छ । सोहीगाँउकाललीता रोकायाको ३ महिनाको शिशु, रेखा विष्टको १ महिनाको शिशु, सुमन विष्टको ४ महिनाको शिशु गरी हाल सम्म ६ जनाकाशिशुको मृत्यु भै सकेको सन्तोला विष्टले जानकारी दिनुभयो । मृत्यु भएका सबै शिशुको लक्षण भने एउटै रहेको स्थानीयहरुको भनाई छ । यस्तै लक्षण देखाएर गम्भिर विरामी परेका सोहीगाँउकातुलसि विष्टको १ बर्षको छोरा र ५ महिनाको रिमाबोहराको छोरालाई जिल्ला अस्पतालले धनगढी उपचारकालागी रिफर गरेको छ । बच्चाहरुले एक्कासि बान्तागर्ने, दिसापिसाबगर्ने शिशुले गरेको पिसाब र स्वासप्रश्वास बाट पेट्रोलियमपदार्थको गन्धआउने गरेको स्थानीयमधुरा बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो नातीमापनि यस्तै समस्या देखा परेर धनगढीमा उपचारको लागी लगेको छ । १०।१५ मिनेट अघि राम्रो संग खेल्ने आमाको दुध समेत खाई रहेको थियो । बच्चा सुतेपछि कोठामा लिएर सुताईयो । उसको आमा स्कुलमागईन् । म करेसाबारीमाकाम गरी रहेकीथिए । शिशु विउझियो होलाभनेर उसको आमाकोठामा जाँदानातीले बान्तागर्नुका साथै दिसापिसाब समेत गरेको र कोठा भरी पुरै डिजेलको जस्तो गन्ध ढोका सम्मआएको बताईन् ।
जिल्ला अस्पतालमा उपचारकालागी लिएपछि उसको स्वासप्रश्वास बाट पनि धेरै पछि सम्म डिजेलको नै गन्धआईरहेको थियो । बुधबार नातीको थपउपचारको लागी धनगढी लिएको छ ”।जयपृथ्बीनगरपालिकास्वास्थ्यप्रमुखजनकबहादुर सिंहले भन्नुभयो, “गएको जेठ महिना देखि यस्तो समस्याआएको रहेछ , यो कुन रोग हो भन्ने बारेमाअझै पनिपत्तालाग्न सकेको छैन्” । उहाँकाअनुसार यस्तो समस्यालिएर आउने २ जनाबालकहरुकोथपउपचारकालागी अस्पताल बाट धनगढी रिफर गरिएको छ । उहाँले भन्नुभयो,“यस्तो समस्या नेपाल भरी कतै पनि देखीएको छैन । के रोगहो भन्ने कुरा पत्तालगाउनपनीनसकीएको यसको अनुसन्धानमाआफुहरु लागी परेका छौ ।”
यता जिल्ला स्वास्थ्य कार्यलय बझाङका प्रमुख भानुभक्त जोशिले भने आफुले एक बच्चाको मृत्यु भएको भन्ने खबर आएको र यो समस्याका बारेमा सामान्य जानकारी पाएको बताउनुभयो । साथै उहाँले यो समस्याका बारेमा सम्बन्धित निकाय सम्मजानकारी आफुले गरी सकेको बताए । यता स्थानीय बासिन्दाले भने सरोकारवाला निकाय नै बेखबर भएको आरोप लगाएका छन् । स्थानीयबासिन्दामोहनबहादुर विष्टलेभन्नुभयो“अहिले सम्म यस्तै समस्याभएर ६ जनानवजातशिशुको मृत्यु समेत भएको छ । सम्बन्धितनिकायले कुनै पहल सम्म गरेको छैन । नवजातशिशु भित्रपनि छोरा मान्छेमामात्रै यो समस्या देखीएको छ । मृत्यु हुनेमा सबै छोरा नै छोरा छन् । छोरी मान्छेमा यस्तो समस्या देखीएको छैन । छोरीहरुहुर्की रहेकी छन् । के रोगहो भन्ने कुराको अत्तोपत्तो सम्मनभएको बताउनुभयो । यस्तो समस्या देखीएपछि गाँउलेहरु नै ससंकीत छन् त्यसमापनिगर्भवतीमहिलाहरु बढी ससंकीतभएको बताउनुभयो ”।