बझाङमा बालिका बलात्कारको आरोपमा २२ वर्षीय युवक पक्राउ

  कल्पना उपाध्याय  448 पटक हेरिएको

 


वैशाख २०, बझाङ।बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
आरोपित युवकले मदिरा सेवन गरी बालिकालाई बलात्कार गरेको प्रहरीसमक्ष स्वीकार गरेपछि आज जिल्ला प्रहरी कार्यालय बझाङले छबिसपाथीभेरा गाउँपालिकाका ती युवकलाई सार्वजनिक गरेको हो ।

युवकले वैशाख १६ गते आफ्ना बुवासँग बिहे हेर्नका लागि मामाघर गएकी ती बालिकालाई आफूले बलात्कार गरेको प्रहरीसमक्ष स्वीकार गरेका हुन् ।पीडितका बुवासँगै बिहेभोजमा मदिरा सेवन गरेका युवकले बालिकालाई चाउचाउ किनिदिने लोभ देखाएर नजिकै रहेको आफ्नै गोठमा लगी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट खुलेको छ ।

बलात्कृत बालिकामा शारीरिक र मानसिक समस्या आएपछि उनको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको उनले बताए । शारीरिक समस्या देखिएपछि बालिकाको अप्रेसन गरिएको डिएसपी विष्टले बताए ।
घटनापछि फरार अभियुक्तलाई १९ गते साँझ थलारा गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार