बझाङका २ युवायुवतीको कैलालीमा झुन्डिएको अवस्थामा शव फेला

  कल्पना उपाध्याय  615 पटक हेरिएको

बझाङ,बझाङका २ युवायुवतीको कैलालीमा झुन्डिएको अवस्थामा शव फेला परेको छ । कैलालीको घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासो बनाई रुखमा झुन्डिएको अवस्थामा दुवै जनाको शव फेला परेको हो ।

मृत फेला पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका २ का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ बर्षिय अस्मिता सिंह रहेको प्रहरीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीका अनुसार बझाङबाट गत चैत्र २६ गते बिहे गरेर आफन्तकोमा आएका उनीहरू चैत्र २७ गतेदेखि सम्पर्क विहीन भएका थिए ।

आइतबार बिहान गोठालाहरूले शव देखेपछि स्थानीयलाई खबर गरेको र स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।डिएसपी जोशीका अनुसार शव सडेको अवस्थामा रहेकोले सोही दिन झुन्डिएको हुन सक्ने अनुमान छ ।घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार