बझाङका एक बालक काठमाडौं बाट हराए

  कल्पना उपाध्याय  155 पटक हेरिएको


कल्पना उपाध्याय,बझाङ ।बझाङका एक बालक काठमाडौं बाट हराएका छन ।जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं ३ मेल्तडि घर भएका प्रकाश साउँदका छोरा १३ वर्षीय सुमन साउँद काठमाण्डुको कलंकीबाट हराएका हुन् ।

काठमाण्डुको नार्गाजुन नगरपालिकास्थित अमर ज्योति स्कूलमा कक्षा २ मा अध्यनरत १३ वर्षीय सुमन साउँद बैशाख १२ गते दिउँसो ३ बजेबाट सम्पर्कबिहीन भएको उनका बुबा प्रकाश साउँदले बताए । आफन्त र निजका साथी संगिनीको घरमा सोधपुछ तथा खोजतलास गर्दा पनि फेला पार्न नसकिएको परिवारमा झनै चिन्ता थपिएको बुबा साउँदले बताएका छन् ।
गहुँ गोरो ४ फिट लम्बाई रहेका उनी यही बैशाख १२ गतेबाट हराइरहेका र कसैले फेला परेमा ९८६६१०३५९७ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार