आज देखि एसइई परीक्षा सुरु

  कल्पना उपाध्याय  73 पटक हेरिएको


बझाङ,,आज देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। कोरोना भाइरसका कारण दुई वर्ष हुन नसकेको एसईई परीक्षा यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रकै आधारमा विद्यार्थीले दिँदैछन्। यसअघि दुई वर्ष विद्यालयकै मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक भएको थियो।

बझाङमा पनि एसइई परीक्षाका लागि जिल्लाभरि १९ वटा परीक्षा केन्द्र तोकिएको र जिल्लाभर ४ हजार ३ सय ५० जना परीक्षार्थी सहभागी भएको शिक्षा समन्वय इकाइ बझाङका सूचना अधिकारी बसन्त बहादुर सिंहले बताउनुभयो ।

आज पहिलो दिन विद्यार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिँदैछन्। परीक्षा बिहान ८ बजेदेखि सुरुभएको छ । एसईईका लागि देभरका दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको छ भने पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी भएका छन । साउन १ गतेदेखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै नतिजा सार्वजनिक गरिसक्ने बोर्डले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार