बझाङमा गठबन्धनको भागवण्डा मिल्यो

  खप्तड समाचारदाता  85 पटक हेरिएको


बझाङ, बैशाख ८ गते । स्थानीयतहको निर्वाचनको मितीनजिकिए संगै गठबन्धनको भागवण्डा मिलेको छ । सोमबार जिल्ला स्थीतगठबन्धन सम्मीलितशिर्ष नेताहरुको बैठकले जिल्लाका १२ वटै स्थानीयतहहरुले गठबन्धन गर्ने गरि भागवण्डा मिलाएको हो ।भागवण्डामाजिल्लाका १२ वटा स्थानीयतहहरु मध्ये ७ वटा पालिकामाअध्यक्ष नेपालीकांग्रेस, ३वटा पालिकामाअध्यक्ष नेकपाएकिकृत समाजबादी पार्टी र २ वटा पालिकामाअध्यक्ष नेकपाएकिकृत माओबादी केन्द्र पार्टीले अध्यक्षपाउने गरि भागवण्डा गरिएको छ । लामो समय सम्मको कसरत पछि दलहरु बिच भागवण्डा गरिएको हो ।

जिल्लाका १२ वटा पालिकाहरु मध्ये उपाध्यक्षतथाउपप्रमुखमाभने ६ वटा नेपालीकांग्रेस , ४ वटामा नेकपाएकिकृत माओबादी केन्द्र पार्टी र ३ वटा पालिकामा नेकपा समाजबादी पार्टीले पाएको छ । पालिका स्तरमा भागवण्डा गरिएको भएपनि वडाहरुमा भने भागवण्डा अझै मिल्न सकेको छैन् । वडा भागवण्डाको मापदण्ड तयार गरेको भएपनि भागवण्डाका लागी गृहकार्य भई रहेको नेपालीकांग्रेसका केन्द्रिय सदस्यअर्जुनजड्ड बहादुर सिंहले बताउनुभयो । बैठकबाट गएको स्थानीयतहको निर्वाचनमाजुनदलले जुन वडा जितेको छ, सोहीदलले सोही वडा पाउँने र अन्यबाँकी रहेकाएमालेले जितेको वडाहरुमा भने नेपालीकाग्रेसले ५० प्रतिसत वडा र नेकपाएकिकृत समाजबादी पार्टी र नेकपाएकिकृत माओबादी पार्टीले दुबैले २५ ⁄ २५ प्रतिसतपाउने गरि सहमतीभएको हो ।
नेपालीकांग्रेसमाब्यापक असन्तुष्टी
जिल्ला भरि नेपालीकांग्रेसले चुनाबीतालमेल गरेर जाने निर्णय संगै नेपालीकांग्रेसकाकार्यकर्तामाभने ब्यापक असन्तुष्टी देखिएको छ । सोमबार साँझ बसेको गठबन्धनको बैठकले जिल्ला भरि तालमेल गर्ने निर्णय गरे संगै नेपालीकांग्रेसकाकार्यकर्ताहरु आक्रोशितबनेका छन् ।जिल्लाको तल्कोट गाउँपालिकामागएको स्थानीयतहहको निर्वाचनमा नेकपाएमाले संग ६४ मतले पराजयभोगेको कांग्रेसले यस पटक भने नेकपाएकिकृत समाजबादी पार्टीलाई दिने निर्णय गरेको छ । सो गाउँपालिका समाजबादीलाई दिएपछि नेपालीकांग्रेसकागाउँकार्य समितीका सभापतीलोकेन्द्र बहादुर सिंहले एक बिज्ञप्ती निकालेर निर्णय सच्याउनमाग गरेका छन् । उहाँले पार्टीले निर्णय नसच्याए सबै वडा सहितपालिकामा स्वतन्त्रउम्मेदवार उठाउने बताउनुभयो । त्यस्तै गरि जिल्लाको थलारा गाउँपालिका , दुर्गाथलीगाउँपालिकाले समेत बिज्ञप्ती निकाल्दै निर्णय सच्याउनमाग गरेको छ ।

यहीदुई दिनमित्र निर्ण नसच्याए स्वतन्त्रउम्मेदवार बनाई तयारी गरि रहेको नेपालीकांग्रेस दुर्गाथलीगाउँपालिका सभापतीयुवराज भण्डारीले जानकारी दिनुभयो । उहाँले एक्लाएक्लै लड्दा समेत नेपालीकांग्रेसको बिजयहुने गाउँपालिकामा समेत गठबन्धनको नाममा स्थानीय नेताहरुको राजनितीक हत्याभएको समेत बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार