बझाङ,,आगामि वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यलय स्थापना गरेको छ ।आयोगले बझाङसहित देशभरका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यलय स्थापना गरेकोे हो ।
बझाङका १० वटा गाँउपालिका र २ वटा नगरपालिकामा एउटा मुख्य निर्वाचन अधिकृतकको कार्यलय र ११ निर्वाचन वटा अधिकृत कार्यलय तोकेको छ ।
आयोगले जयपृथ्वी नगरपालिकामा बझाङ जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यलय तोक्नुका साथै मुख्य निर्वाचन अधिकृतकको रुपमा जिल्ला अदालतका न्यायाधिश विष्णु प्रसाद अवस्थीलाई खटाएको छ ।अवस्थिले आज देखि औपचारिक रुपमा कार्यलय उद्घाटन भएसँगै निर्वाचन सम्बन्धि कामहरु नियमित अगाडि बढाइने पनि बताउनुभयो ।