राष्ट्रिय कृषिगणना आज देखि शुरु

  कल्पना उपाध्याय  83 पटक हेरिएको

बझाङ,,राष्ट्रिय कृषिगणना आज देखि शुरु भएको छ । कृषि गणनाको सार कृषि योजनाको पुर्वाधार भन्ने मुल नाराका साथ राष्ट्रिय कृषि गणना देशभरका सबै जिल्लामा सञ्चालन हुने भएको हो ।
बझाङमा पनि कृषिगणना लाई सफल पार्न विभिन्न सरोकारवाला सँग गोष्ठी गर्दै समन्वय र सहकार्य गरेर अगाडि बढिरहेको जिल्ला कृषिगणना कार्यालय बझाङले जनाएको छ ।

१० बर्षको अन्तराल पछि हुने गणना, संघीयता पछिको पहिलो गणना हो । कृषि गणना सम्बन्धि प्रस्तुतीकरण गर्दै सत्यतथ्य विवरण ल्याउन गणक तथा सुपरिवेक्षकहरुलाई आज बैशाख ६ गते देखि जेठ १९ गते सम्म गणना क्षेत्रमा पठाउन लागिएको हो ।

बझाङमा १२ वटा स्थानीय तह समेट्ने गरि १ सय ३७ वटा गणना क्षेत्र तोकिएको छ। जिल्ला मा कृषि पेशामा कति परिबार सङलग्न छन् र मुख्य बाली तथा समग्र कृषि क्षेत्रको तथ्यांक संकलन गर्नका लागि गणक र सुपरिवेक्षक गणना क्षेत्रमा जाने भएका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार