गठबन्धनमा भागबण्डा गर्न सम्बन्धीत स्थानीयतहको परामर्स लिने

  कल्पना उपाध्याय  187 पटक हेरिएको

बझाङ, चैत्र २४ गते । स्थानीयतहको निर्वाचननजिकिदै गर्दा जिल्ला स्थीत सत्ता गठबन्धन दलहरुकाबिचमा भागबण्डा मिल्ननसक्दा सम्बन्धीत स्थानीयतहका पार्टी कमिटीलाई परामर्षकालागीजिम्मेवारी दिने निर्णय गरिएको छ ।

मंगलबार जिल्लामा बसेको गठबन्धनको बैठकले सम्बन्धीतपालिकामाप्रत्येक दलबाट ३, ३ जना बसेर सम्बन्धीत स्थानीयतहको पार्टी कमिटीको बैठकको प्रतिबेदनकाआधारमा भागबण्डा गरिने भएको हो ।

जिल्लामाआईबार देखि गठबन्धन गर्ने बिषयमा पटक पटक बैठक बसेको भएपनिपदको भागबण्डा मिल्न सकेको थिएन् । एक्लाएक्लै निर्वाचमा लड्दा जिल्लाका १२ वटा स्थानीयतहहरु मध्ये ११ ठाउँमा बलियो देखिएको कांग्रेसले ८ वटा स्थानीयतहहरु र ५० वटा वडाहरु राखेर आफुदिन ४ वटा स्थानीयतहहरु र ३४ वडा नेकपाएकिकृत समाजबादी र नेकपाएकिकृत माओबादी केन्द्रलाई छोड्ने प्रस्ताव राखेको थियो ।

नेकपाएकिकृत समाजबादी र नेकपाएकिकृत माओबादी केन्द्रले आफुहरुले चार चार वटा स्थानीयतहहरुमामागदाबी गरे पछि त्यतीदिननसक्ने भन्दै सोमबार बैठक स्थगितभएको थियो । मंगलबार गठबन्धनका नेताहरुकाबिचमा स्थानीयतहमातिन वटा पार्टीकापालिका स्तरका नेताहरुले वडा स्तरमाआआप्mनो मतको आधारमा बसेर जिल्लालाई परामर्ष दिने गरि निर्णय गरिएको नेपालीकांगेसका सभापती खडक बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, स्थानीयआबस्यकताकाआधारमा २७गते भित्र स्थानीय स्तरमा बैठक बसेर जिल्लालाई परामर्ष सहितको प्रतिबेदनबुझाए पछि २८ गते गठबन्धनको बैठकबाट जिल्लामा भागबण्डा गरिने बताउनुभयो । कांग्रेस कार्यकर्ताहरुले गठबन्धन नसर्न समाजिक संजाल देखि सबै ठाउँमा बिरोध गरेको भएपनि केन्द्रको दवापकाकारण जिल्लामा गठबन्धन गर्नु पर्ने नैतिकदवापकांग्रेसलाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार