माओबादी केन्द्रका गाउँपालिका ईन्चार्ज बोहरा नेपाली कांग्रेसमा प्रबेश , केन्दीय सदस्य सिंहले गरे भब्य स्वागत

  खप्तड समाचारदाता  456 पटक हेरिएको

बझाङ । नेकपा एकिकृत माओबादी केन्द्रका साईपाल गाउँपालिकाका ईन्चार्ज शेर बहादुर बोहराले नेपाली कांग्रेसमा प्रबेश गर्नुभएको छ । मंगलबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनजंग बहादुर सिंहले उहाँलाई नेपाली कांग्रेसको सदस्य दिएर पाटीमा स्वागत गर्नु भएको थियो ।
बोहरा लामो समयले माओबादी राजनितीमा सकृय थिए । माओबादीका लोकप्रिय युवा समेत रहका बोहरा एमाले र माओबादी एक भई बनेको नेकपाका साईपाल गाउँ कामिटी अध्यक्ष समेत थिए । उहाँले कम्युनिष्टले भ्रमको खेती गरि जनतालाई झुक्याउदै गएका कारण आफुले नेपालको प्रजातान्त्रिक र लोकप्रिय पार्टी कांग्रेसमा प्रबेश गरेको समेत बताउनुभयो । उहाँले आफु कांग्रेस भित्र पद नभनेर संगठनका लागी मरेर लाग्ने समेत बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार