केन्द्र भएको गठबन्धनलाई जिल्लामा लागु गर्न कसरत

  खप्तड समाचारदाता  590 पटक हेरिएको

 

बझाङ । केन्द्रमा बनेको गठबन्धनलाई जिल्लामा समेत लागु गर्नका लागी कसरत सुरु भएको छ । नेपाली कांग्रेस , नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादीका जिल्ला स्तरका नेताहरुका बिचमा जिल्ला स्तरमा समेत गठबन्धन गर्ने बारे आन्तरिक गृहकार्य सुरु गरेका छन् ।
आईतबार एक चरणको बैठक बसी जिल्ला भरि केन्द्रमा बनेको गठबन्धनलाई निरन्तरता दिने गरि सहमती भएको बुझिएको छ । तिन दलका जिल्ला स्तरका शिर्ष नेताहरुका बिचमा गठबन्धनको खाका तयार गर्ने गरि सोमबार समेत चरण चरणमा बैठक बसेको छ । कांग्रेसका अधिकाशं कार्यकर्ताहरु भने गठबन्धन नगर्नु पर्ने लाईनमा छन् । गठबन्धनले पार्टी कमजोर बन्ने भएकाले सकभर गठबन्धन नगर्न नेताहरुलाई सुझाव दिई रहेका छन् । तर एक्ला एक्लै लड्दा बलियो देखिएको कांग्रेस लाई समेत गठबन्धन गर्नु पर्ने बाध्यात्मक परिस्थीती आई लागेको छ । माओबादी केन्द्र , समाजबादी र एमालेका बिचमा समेत केही दिन अगाडी गठबन्धन हुने भन्ने हल्ला फैलिए पछि कांग्रेस समेत शंसकित बनेको थियो । केन्द्रको गठबन्धनलाई निरन्तरता नदिएको खण्डमा बामपन्थी दलहरु एक भएर लड्दा कांग्रेसले आफु कमजोर हुन्छुकी भन्ने आशंकामा छ । सोमबार बिहान बसेको कांग्रेस सहितका तिन दलको बैठकले जिल्ला भरि गठबन्धन गर्ने प्रारम्भिक सहमती भएको नेपाली कांग्रेसका सचिब उत्तम रोकायाले बताउनुभयो । उहाँले जिल्ला भरि कती वटा कसले लिने भन्ने बिषयमा सहमती जुट्न नसकेको भए पनि यस बिषयमा भने गृहकार्य थालनी भएको समेत उहाँले बताउनुभयो । जिल्ला भरि गठबन्धन गर्ने पक्षमा रहेका नेकपा माओबादी केन्द्रका संयोजक टोप बहादुर खड्काले गठबन्धन अहिलेको आबस्यकता भएको बताउँदै केन्द्रमा भएको सहमतीलाई निरन्तरता दिनु पर्नेमा आफ्नो पार्टी रहेको समेत बताउनुभयो । उहाँले जिल्लामा गठबन्धनका बिषयमा पदिय भागबण्डामा सहमती हुन बाँकी रहेको बताउँदै तिन दलका नेताहरुका बिचमा एक खालको खाका तयार गरि अगाडी बढ्ने बताउनुभयो । यस अधिको स्थानीय तहको निर्वाचनमा ४ वटा पालिका जितेको कांग्रेसले सात वटा पालिकामा निकट्तम प्रतिद्धन्दी पनि काग्रेस नै रहेको थियो भने एक पालिकामा भने निकट्तम प्रतिद्धन्दी माओबादी केन्द्र रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार