बझाङमा ६३ हजार ७ सय ६६ बालबालिकालाई टाइफाइड रोग बिरुद्धको खोप लगाइदै ,

  कल्पना उपाध्याय  120 पटक हेरिएको

कल्पना उपाध्याय,बझाङ । बझाङमा १२ वटा स्थानीय तहका ६३ हजार ७ सय ६६ बालबालिकालाई टाइफाइड रोग विरुद्यको खोप लगाइने भएको छ । आइतबार जिल्ला स्वास्थ्य कार्यालय बझाङद्वारा जिल्ला प्रशासनको सभाहलमा आयोजित जिल्ला खोप समन्वय समितिका पदाधिकारी,पत्रकार तथा अन्य सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रममा उक्त खोप सञ्चालनका लागि परिचालन गरिने जनशक्तिको विवरण,खोप केन्द्र र लक्षित जनसंख्याको विवरण सार्वजनिक गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीका अनुसार देशैभरि एक चरणमा यही चैत २५ गतेदेखि आगामी वैशाख १८ गतेभित्र सम्पन्न गर्ने कार्यक्रम रहेकोमा बझाङमा पनि यहि चैत २५ गतेदेखि ३० गते सम्म खोप लगाइनेछ । उहाँले बझाङको जयपृथ्वि नगरपालिकाका ४६ खोप केन्द्रबाट ६ हजार १७ जनाले खोप लगाउनृे छन् ।

खप्तड छान्ना गाउपालिकामा २९ खोप केन्द्रबाट ४ हजार ७ सय १९ जना, मस्टाका ३३ खोप केन्द्रबाट ५ हजार ३२ जना,तलकोटमा २२ खोप केन्द्रबाट ४१ ह्जार ९ सय जनाले खोप लगाउने छन् । यस्तै सुर्माका ९३ खोप केन्द्रबाट ३ हजार ४ सय ८२ जना,साईपाल ८ खोप केन्द्रबाट ७ सय ६९ जना,छविस पाथिभेरामा ३० केन्द्रबाट ४ हजार ७ सय ७७ जना,थलारा गाउँपालिकाका ३५ खोप केन्द्रबाट ५ हजार ९ सय ५१ ज्नाले खोप लगाउने भएकाछन् ।

त्यसैगरि वित्थडचिरमा २८ खोप केन्दबाट ६ हजार ३ सय ३४ जना, केदारस्यु गाउँपालिका ४१ खोप केन्द्रबाट ४२ हजार २ सय जनाले लगाउने छन् भने बुगल नगरपालिकामा ४० खोप केन्द्रबाट ११ हजार ४ सय ५४ जनाले र दुर्गाथली गाउँपालिकामा २५ खोपकेन्द्रबाट ४ हजार १९ जना बालबालिकाले खोप लगाउने भएकाछन् ।

जिल्लाका १२ वटा स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ६३ हजार ७ सय ६६ बालबालिकालाई ३५० खोपकेन्द्रबाट टाइफाइड रोगको खोप लगाइने भएको छ। जिल्लाभरी ४३० स्वास्थ्यकर्मी र ७०० स्वयमसेवक खटाइने भएका छन् ।बालबालिकामा सरसफाइ र स्वच्छताको कमी हुने भएकाले टाइफाइड रोगबाट बालबालिकामा सङ्क्रमण दर बढी भेटिने गरेको जिल्ला स्वास्थ्य कार्यलय प्रमुख जोशीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार