बझाङ ।बिवेकशिल साझा पार्टीका जिल्ला संयोजक तथा बझाङका सफल उधमी नगेन्द्र बहादुर खड्काले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । विवेकशील साझा पार्टी बझाङ जिल्ला संयोजक रहेका खडका विवेकशील साझा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व परराष्ट्र राज्यमन्त्री अर्जुनजंङ्ग बहादुर सिंहले उहाँलाई पाटीमा भित्र्याउनु भएको हो ।बिवेकशिल साझा पाटी नै अस्तब्यस्त भए पछि आफुले विकल्प खोजेको बताए ।
‘विवेकशील साझा पार्टी भित्रैका केही अबसरबादीले गर्दा पार्टी जनता माझ लोकप्रिय हुननसकेको बताए ।जुन उदेश्यले म लागेको थिए । त्यो उदेश्य विपरित पार्टी गयो । उदेश्य पुरा नभएपछी त्यो पार्टीमा बसेर गाउँठाउँको लागी केहि गर्न नसकिने अवस्था भयो ।
नेपाली काँग्रेस देशको विशाल पार्टी भएकाले त्यसैमा गएर उदेश्यहरु पुरा गर्नका लागि नेपाली काँग्रेसमा प्रवेश समाहित भएको जनाए।
लामो समय नेपाली काँग्रेसमा आवद्घ रहेका खड्का २०७६ सालमा नेपाली काँग्रेस परित्याग गरी विवेकशील साझामा प्रवेश गरेका थिए ।