खप्तडछान्ना उसलाई पर्खिबसेछ:

  मुकेश थापा  281 पटक हेरिएको

सुन्दर नगरि प्रकृतिको अथाह भविस्य बाेकेकाे खप्तडकाे पर्यावरणीय मनमाेहक फाटहरुकाे नासाे बाेकेर बहने खाेलाहरु, मिलेका खेतियाेग्य जमिनका बिचमा देखिने मुस्कुराहट बस्तिहरु, गुरेल झर्नाकाे मधुर कंन्चन पानीको छन्छनाहट, सात वटै वडाकाे ठिक बिच भएर जाने सेती लाेगमार्गसंग झाङगिएका वडा टाेल टाेलका शाखा सडहरु, विस्तारै लय मिलाउदै बामे सर्न थालेकाे शिक्षा , स्वास्थ्य , संचार लगायतको बिकासका पुर्वाधारहरु ,आत्मनिर्भर हुदै गएको मानविय चेतनाकाे स्तर , सायदै पालिकाहरुमा एक फरक पहिचान बनाउन एक कदम अघि हिड्दै गरेको खप्तड छान्ना प्रकृतिको एक क्षणकै घामण्यता लाई थिचाेल्न नसकि घर्ल्याम्म ढलेकाे छ । असाेजकाे त्याे अविरल पानीका बिचमा अधुम्मै मच्चिएको कालाे बाढीले धनजन र भाैतिक संरचना मात्रै बगाएन आम छान्नाबासिका जागृत सपनाहरु बढारेर लगेकाे छ । एक सुन्दरताले युक्त छान्ना सेताम्य गडगडाहत ढुंगाहरुकाे डङगुरले कुरुप बनाएको छ । छान्नाकाे सुहाउँदो भुगाेल, आम मानिसमा स्वभाविक खुलेकाे चेतना , तीन वटै सरकारले छिटफुट गरेको आंशिक बिकास, र क्रमबद्ध स्वभाविक शैक्षिक , भाैतिक परिवर्तनले छान्ना एक लयमा नमुना पालिका बन्ने सुनिश्चित नै थियाे ।
तर छान्ना हिजोको सुसज्जित रहेन , बेचैनी छान्ना, बेखुस र बहकिएकाे छान्ना एक त्यस्तो अदभूत लिडरकाे पर्खाइमा छ ।
ज्यान गुमाएका परिवारहरु काे दुखेकाे मनमा मलम लगाउदै ढलेका भाैतिक संरचनाहरु उठाउन अदम्य साहस बाेकेकाे, बगेकाे मलिलाे माटाे माथि सिंचित कृषकहरुकाे पसिनाकाे मूल्य फर्काउन सक्ने अठाेट बाेकेकाे, हराएको तमाम छान्नावासिका समृद्धका मजादार सपनाहरु लाई मुर्छित पार्न सक्ने संकल्प बाेकेकाे , बिचलित र धरासायी हुन लागेकाे आम चेतना स्तरलाइ उकास्न फरक रणनीतिले युक्त, विभिन्न जातजाति ,लिङ्ग , पेशा, र बर्गिय उत्थानका लागि उचित पहलकदमिकाे काेरा याेजना लिएको , छान्नाकाे शैक्षिक , भाैतिक, आर्थिक र सामाजिक रुपान्तरणकाे दिर्घकालिन साेच र कार्यान्वयन मुखि भिजन लिन सक्ने एक सबल र सक्षम नेतृत्व खाेजिरहेछ ।
बिगतकाे सरकारले केही गर्न सकेनन् र गरेनन भन्न त मिल्दैन तर प्रयाप्त भने थिएन अझै केही भए गरेकाकामहरु पनि बाढिले नामनिसाना मेटाएकाे छ । यसर्थ आगामी पालिकामा आउने नेतृत्व चुनाैतिले घेरिएकाे त छ नै तर आम छान्नावासिकाे ढलेकाे सपनालाइ उठाउदै पुरानाे छान्ना फर्काउने संकल्प बाेक्दै एक फरक पालिका स्थापित गरि एक भराेसाकाे दियाे बन्ने सु अवसर पनि रहेको छ । यसर्थ निस्वार्थ ले पुर्ण, विवेकले युक्त, दुर्दशि साेचले भरिपुर्ण त हामीले आस गरेझै काेहि देखिदैन र पनि अरु भन्दा केही काम गर्न सक्ने आट भएको , बिकास बारे चिन्तन बाेकेकाे हरेक पार्टी पंक्तिमा एक दुई जना अवस्य छन र देखिन्छ । यसर्थ अवकाे स्थानीय निर्वाचनमा पालिका र वडाका उमेदवारहरु हरेक पार्टीबाट अरुभन्दा फरक र कामगर्ने साेच भएको उर्जाशिल अनुहार हरु बनुन जसकारण जसले जितेछन भने पनि पछुताउनु पर्ने बाताबरण सिर्जना नहाेस ।
यसर्थ आम छान्नावासीजनहरुमा एक सच्चा कर्तव्यनिष्ट, सर्वसाधारणकाे भावनाअनुरूप चल्ने साेझाे चरित्र बाेकेकाे उमेदवार बनाउन र त्यस्ता फरक भिजन र मिसन बाेकेका उर्जाशिल अनुहारहरु लाई जिताउने गरि हरेक घरघरमा, चाेकचाेक र चियापसलहरुमा एक साेच्छ र बाैद्दिक बहस चलाउन समाजका अगुवा र शिक्षित बर्गहरुमा बिनय गर्दछु । जसकारण अझै पाच बर्ष आफुले एकदिन गरेको गल्तिकाे पश्चातापकाे राेदन ले जल्ने दिन नआवस शुभकामना ।

लेखक खप्तडछान्ना गाउँपालिका ६ का स्थायी बासिन्दा हुन् । हाल छबिसपाथीभेरा गाउँपालिकामा लेखापाल पदमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार