कृत्रिम दाँत बनाउन बिशेषज्ञ शिबिर संचालन

  खप्तड समाचारदाता  147 पटक हेरिएको

बझाङ । कृत्रिम दाँत बनाउनका लागी जिल्लामा बिशेषज्ञ सेवा सहितको दन्त शिबिरको संचालन भएको छ । जेष्ठ नागरिकहरुलाई लक्षीत गरि स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभाग उपचारात्मक सेवा महाशाखाको अयोजनामा जिल्लामा ५ दिने कृत्रिम दाँत बनाउने बिशेषज्ञ शिबिर संचालन गरेको हो ।
राजधानीमा रहेका बिभिन्न सरकारी अस्पतालका दन्त रोग बिशेषज्ञहरुबाट दाँत सम्बन्धी उपचार, काम नलाग्ने दाँत फाल्ने , कृत्रिम दाँतहरु राख्ने , दन्त रोग सम्बन्धी परामर्ष दिने उदेश्यले शिविरको आयोजना गरिएको उपचारात्मक महाशाखाका प्रमुख प्रकाश बुढाथोकीले बताउनुभयो । उहाँले नेपालको दाँत सम्बन्धी रोगका राम्रो बिशेषज्ञहरु ल्याएर यस्तो दुर्गम ठाउँमा आएर सेवा दिन लागेको समेत बताउनुभयो । मन्त्रालयको महत्वपुर्ण कार्यक्रमका रुपमा रहेको यो शिबिर नेपाल भरि बर्षमा दुई ठाउँमा मात्र संचालन हुने भएकाले उपचारका लागी मंहड्डो खर्च गरेर काठामाण्डौमा उपचार गर्नु भन्दा शिबिरमा आएर निशुल्क सेवा लिनहरु बझाङबासीलाई आग्रह गर्नुभयो । टोलीमा बिशेषज्ञ दन्त चिकित्सक १८ जना अन्य प्राबिधिक र सहयोग गरि २२ जना रहेका छन् । गाउँमै आएर बिशेषज्ञ शिबिर आएपछि उपचार उपचार गराउन आउनुभएका खप्तछान्ना ५का खडक थापाले भन्नुभयो , “सामान्य दाँत बनाउँदा ५० , ६० हजार रुपयाँ लागी हाल्छ , बाहिरी जिल्ला गएर उपचार गराउँदा समान्य किसानलाई खर्चिलो समेत हुने भएकाले यहाँ निशुल्क रुपमा सेवा पाउँदा निकै खुशी लागेको छ ।” शिबिरमा काम नलाग्ने दाँतलाई निकालेर नयाँ कृत्रिम दाँत हाल्ने बताइएको छ । टोली बिद्यालयमा मुख स्वास्थ्य समन्धी जनचेतनामुलक जानकारी दिने समेत बताईएको छ । शिबिर फागुन २६ गते सम्म हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार