आलुजोन बझाङद्वारा आयोजित सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

कृषि आधुनिकतामा जोड

  खप्तड संवाददाता  771 पटक हेरिएको

बझाङ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई बझाङद्वारा आयोजित सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । बिहिवार एक कार्यक्रम बिच सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरकृया सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई बझाङले गरेका काम तथा क्रियाकलापको जानकारी गराईएको छ ।
कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायीक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको बिकास गर्ने परियोजनाको सोच रहेको छ । समग्र कृषि शृङ्खलाका अवयवहरुको एकीकृत संयोजन र परिचालन मार्फत खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिककरण उन्मुख दिगो आर्थिक सृजना गरि राष्ट्रको समग्र बिकासमा टेवा पुर्‍याउने बताईएको छ । कृषिको आधुनिकरण र व्यवसायिकरणका लागि बिशिष्टकृत कृषि क्षेत्रहरुको बिकास गरिने उल्लेख गरिएको छ ।
परियोजनाले जिल्लामा आलुखेती, दहलन बाली (सिमि), सुन्तलाजात, जस्ता बालिहरलाई प्राथमिकता दिएको छ ।
जिल्लाका कृषि क्षेत्रमा निर्भर रहेका किसानहरुलाइ बीउ उपलब्ध गराउने, आलुखेती प्रबिधि तालिम दिईने, माईक्रो न्युट्रीयन, बिसादी, अनुदान , साना सिचाइ मर्मत गर्ने लगायतका सेवाहरु प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई बझाङले दिंदै आएको छ ।
लेकाली आलुको प्रबर्द्धन गर्नुपर्ने, खायन आलु क्षेत्र बिस्तार गर्ने, बीउ आलु उत्पादन र भण्डारणमा सहयोग गर्ने, बजारीकरणमा सहजीकरण गर्ने आलुजोनको योजना रहेको जनाईएको छ ।
कृषिको व्यवसायिकरण मार्फत औद्योगिकरणमा रुपान्तरणका लागि भौगोलिक सम्भव्यता र तुलनात्मक लाभका आधारमा छनौट गरिएका क्षेत्र र बालिहरुमा एकीकृत रुपमा सघन कृषि बिकासका कार्यक्रमहरु संचालन गर्नु आवस्यक रहेको परियोजना कार्यालयले जनाएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा जिल्लामा कार्यरत पत्रकार, सरोकारवाला लगायतको उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार