खप्तड छान्ना गाउँपालिका भवनको उद्घाटन, सम्झौता अबधी भन्दा १९ महिना अगाडी भवन हस्तान्तरण गरेको भन्दै ठेकेदार बिष्ट सम्मानित

  खप्तड समाचारदाता  355 पटक हेरिएको

बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाको प्रशासनिक भवनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । खप्तड छान्ना गाउँपालिका –४ पसलबगरमा निर्माण गरिएको गाउँपालिकाको प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले उद्घाटन गर्नु भएको हो ।
गाउँपालिका भवन निर्माण गर्नका लागी बोलपत्र अह्वान गरि ठेकेदार मार्फत काम गर्नका लागी जिम्मा दिएको थियो । ठेकेदारको लापर्वाहीका कारण बिकास निर्माणका कार्यहरु अधुरा हुने ,ढिलासुस्ती हुने गुणस्तरिय नहुने भन्ने ब्यापक जनगुनासो आई रहेका बेला यहाँ भने ठेक्का सम्झौता भएको १९ महिना अगाडी काम सम्पन्न गरि गाउँपालिकालाई भवन हस्तान्तरण गरिएको छ । गाउँपालिकाको भवनको निर्माण कार्य छिटो र छरितो भएको भन्दै स्थानीयले ठेकेदार कम्पनीलाई बधाई दिएका छन् । निर्माणको जिम्मा पाएको बिकाई सुर्मासरोबर जेभीले गाउँपालिकाको भवन निर्माणका लागी ५ करोड ४० लाखमा सम्पन्न गर्ने गरि जिम्मा लिएको थियो । पछिल्लो समयमा छिटो छरितोका साथै गुणस्तरिय काम गरेको भन्दै बिभिन्न कार्यालयबाट पुरुस्कार समेत पाउँदै आएका निर्माण ब्यवासायी दलबहादुर बिष्टले यस भवनबाट समेत पुस्कार पाउने भएका छन् । निर्माण ब्यवसायी दल बहादुर बिष्टले यस भवनबाट आफुले ३ करोड एक लाख घाटा रुपयाँमा काम गरेको बताउँदै यसको केही घाटा रकम पुरस्कारबाट असुल गरिने बताउनुभयो । उहाँले गाउँपालिका भवनको गुणस्तर देखि सबै कुराहरुमा आफुले प्राबिधिक स्टमेट अनुसार नै सम्झौता अबधी भन्दा १९ महिना अगावै सम्पन्न गरेको बताउनुभयो । जिल्लाको गाउँपालिकाहरु मध्ये सबै भन्दा ठूलो र आर्कषक तथा नमुनाका रुपमा रहेको यो भवन एक तले रहेको छ । चारै तिर भवनहरुको डिजाईन गरिएको भवनको बिच भागमा भने आर्कषक पार्क बनाउने ठाउँ रहेको छ । गाउँपालिका भवनमा १३ वटा कोठाहरु एक वटा हल र दुई वटा ठूला सौचालन रहेका छन् भने भवन अपाड्डमैत्री बनाईएको छ । गाउँपालिकाका अध्यक्ष बर्क बहादुर रोकायाले ठेकेदारले काम गदैनन् , लापर्वाही गर्छन भन्ने जनगुनासो आउने गरेको भएपछि काम छिटो छरितो र गुणस्तरिय काम गर्ने ठेकेदारलाई राज्यबाट समेत सम्मान गर्नु पर्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकालको सबै भन्दा नमुना र राम्रो काम समेत भएको बताउँदै ठेकेदार कम्पनीको खुलेर प्रसंसा गर्नुभयो । २०७७ साउन १३ गते सम्झौता भएको उक्त भवनको निर्माण कार्य भने २०७७ मंसिरबाट भएको थियो । प्रमुख प्रशासकिय अधिकृत दिपक कुमार रावलले गाउँपालिका भवन ठेक्का सम्झौता भएको १७ महिनामा काम सम्पन्न गरेकाले गाउँपालिका गाउँपालिकाले ठेकेदारलाई सम्मान गरेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “सबै शाखाहरु एकै ठाउँ नहुँदा समस्या आईरहेको थियो अब भवन निर्माण भई सकेपछि यहाँका सेवाग्राहीहरुलाई एकै ठाउँबाट सेवा दिन सकिने भएको छ ।” भवन हस्तान्रण तथा समुद्घाटन समारोहमा बोल्ने अधिकाशं ब्यक्तिहरुले ठेकेदारको राम्रो कामको प्रंससा गर्नम समय खर्चेका थिए । समुद्घाटन समारोहमा गाउँपालिको जग्गादान गर्ने परिबारलाई समेत दोसल्ला ओडाएर सम्मान गरिएको थियो । देश संघिय संरचनामा गए संगै गाउँपालिकाको आर्थीक तथा प्रशासनिका कामहरु भाडामा लिएको घरबाट संचालन हुँदै आएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार