अपाङ्गता भएका ब्यक्तिहरुलाई कम्मल बितरण

  खप्तड समाचारदाता  1204 पटक हेरिएको

बझाङ । अपाङ्गता भएका ब्यक्तिहरुलाई चिसोमा न्यानो बनाउनका लागी कम्मल बितरण गरिएको छ । जिल्लाको जयृथ्बी नगरपालिकाको आर्थिक सहयोगमा अपाड्ड सुरक्षा संजालले जयपृथ्बी नगरपालिका भित्रका ११ वटै वडाका अपाङ्ता भएका ब्यक्तिहरुलाई कम्मल बितरण गरेको हो ।

चिसोबाट बच्नका लागी जयपृथ्बी नगरपालिकाका भित्रका एक सय जना फरक क्षमता  (अपाड्ड) भएका ब्यक्तिहरुलाई कम्मल बितरण गरिएको अपाङ सुरक्षा संजाल बझाङका अध्यक्ष बह्मदत्त जोशीले बताउनुभयो । क र ख बर्गको अपाड्ड परिचय पत्र प्रति ब्यक्ति एक एक वटा कम्मल बितरण गरिएको उहाँको भनाई छ । यसै बिच जिल्ला प्रशासन कार्यालय बझाङले समेत दश वटा कम्मल बितरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले अपाङता भएका जयपृथ्बी नगरपालिका भित्रका  १० जनालाई प्रति जना एक एक पर्ने गरेर कम्मल बितरण गर्नुभएको हो  । चिसो मौसममा कम्मल पाउँदा निकै खुशी भएको जयपृथ्बी नगरपालिका –३का कर्ण बहादुर खड्काले बताउनुभयो । कम्मल बितरण गर्ने कार्य अझै पुस तिर गरि दिएको भए झनै राम्रो हुने उहाँले भन्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार