बझाङको सदरमुकाम चैनपुरमा ‘बझाङ कोशेली घर’ सञ्चालनमा

  सुनिल मण्डेल  268 पटक हेरिएको

बझाङ । बझाङमा उत्पादन भएका रैथाने बाली तथा जडिबुटीको बजारिकरण गर्नका लागी जिल्लाको सदरमुकाम चैनपुरमा बझाङ कोशेली घर संचालनमा ल्याएको छ । स्थानीय उत्पादनलाई बढवा दिई यहाँ उत्पादित कृषी उपज बस्तुहरुको बजारिकरण गर्नका लागी कोशेली घर संचालनमा ल्याईएको हो ।
मंगलबार एक कार्यक्रमका बिच बझाङ कोशेली घरको उद्घाटन गरिएको छ । पछिल्लो समयमा बझाङमा रैथाने बालीहरु लोप हुने अबस्थामा पुगेका बेला कृषकहरुलाई रैथाने जातका बालीहरुको संरक्षण , संम्बर्धन गरि कृषकहरुलाई समेत उत्साहित गरि यसको बजारिकरणमा समेत सहज होस भन्ने उदेस्यका साथ बझाङ कोशेली घर संचालनमा ल्याईएको संचालक बसन्त खड्काले जानकारी दिनुभयो । उहाँले कृषी उपज बस्तुका माध्यामबाट बझाङ जिल्लाको पहिचान दिएर स्थानीय उत्पादनको बजारिकरण गर्नका लागी कोशेली घरले ठूलो टेवा पुर्याउने समेत उहाँले बताउनुभयो । “जिल्लाका हिमाली वनजंगल तथा फाँटहरुमा पाईने विभिन्न जडिबुटी तथा कच्चापदार्थको निर्यात गर्दै आएका खड्काले सुरुमा आफुले १० हजार लगानिबाट स्थानीय स्तरमा पाईने सतुवा,बोजो , भिंडाईती, यार्चागुम्बु, लसुन, खरिद गर्दै मनग्ये आम्दानी गरेको थिए खड्काले भन्नुभयो अहिले यसैबाट यसैबाट राम्रो आम्दानी भईरहेको छ ।”

कृषि ज्ञान केन्द्रको आर्थीक सहयोगमा बझाङ चिनाउने अभियान मार्फत बझाङ कोशेली घरमा स्थानीय कुृषीजन्य उत्पादित बस्तुहरु , बझाङको उच्च हिमाली क्षेत्र देखि तल्लो क्षेत्रमा पाईने बहुमुल्य जडिबुटी समेतमा ग्रहकहरुको सहज पहुच पुग्ने भएको छ । कोशेली घरमा , बझाङमा उत्पादित कृषीजन्य बालीहरु जस्तै , त्रिकुलो , हंसराजको चामल, मकै , आलु, मार्सी चामल भाँगो , गुरास , गहको दाल, सिस्नोको पिठो , कोदो , कागुनो, बेथे ,सिमी र भटमासको दाल तथा बिउँ संकलन गरि बिक्रि बितरण हुन थालेको छ । कोसेली घरमा जिल्लाका उच्च हिमाली भेगमा पाईने यार्चागुम्बु लगायतका अन्य जडिबुटी समेत खरिद बिक्रि हुँदै आएको छ ।


वर्तमान समयमा दैनिक उपभोग्य बस्तुहरु समेत बाहिरबाट आयात गर्नु पर्ने बाध्यता भएका बेला सहज तरिकाले स्थानीय अर्गानिक दैनिक उपभोग्यबस्तुहरु उपलब्ध छन् । बजारमा पाईने बस्तुहरुको बढ्दो प्रयोगले गर्दा स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरु लोप हुने अवस्थामा आएको कृषी ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर बिष्टले बताउनुभयो । किसानहरुलाई उत्पादनमा जोड तथा हौसला दिनुका साथै र किसानले उत्पादन गरेका बस्तुहरुले बजार नपाउने भन्ने गुनासो समेत आउने गरेकाले यहाँको उत्पादनलाई ब्राण्डिङ र प्याकेजिङ गरि बाहिरी जिल्ला समेत पठाउने उहाँको भनाई छ । रैथाने जातका बालीहरुमा पौष्टिक तत्व समेत प्रयाप्त पाईने हुनाले बढी जसो बाहिरी जिल्लाबाट आउने आन्तरिक तथा बाह्य पर्यटकहरु समेत यहाँको कोशेली स्वरुपा खोज्ने गरेको हुन्छन् । ग्राहकको माग तथा स्थानीय किसानको उत्पादित बस्तुहरुको सहज बजारिकरणमा समेत टेवा पुगेको छ । पहिलो चरणमा एक झण्डै एक करोडको लगानीमा सुरु गरिएको कोशेली घरमा यहाँको स्थानीय उत्पादनलाई बजारिकरण गरि बार्षिक ६ देखि ८ करोड रुपैयाँको कारोबार हुने आसा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार